ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

Logo
शनिबार, पुष २१, २०८०

गाईघाट  : त्रियुगा नगरपालिकाको वडा नम्बर ४ को कार्यालयले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ। शुक्रवार कार्यालयमा कार्यक्रम आयोजना गरेर वडाका ज्येष्ठ नागरिक र अपाङ्गहरुलाई न्यानो कपडा सहित सम्मान गरिएको हो ।

आर्थिक वर्ष २०८०/०८१ को वडास्तरीय योजनाअन्तर्गत वडाभरिका ज्येष्ठ नागरिक, अपागंता भएका व्यक्ति तथा असहायलाई न्यानो कपडासहित सम्मान गरिएको वडा अध्यक्ष बद्री बस्नेतले जानकारी दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रमुख वसन्त बस्नेतले ज्येष्ठ नागरिक अनुभवका सम्पत्ति रहेको बताएका छन । उनले जेष्ठ नागरिकसंग भएको ज्ञान सिप देशको सम्पत्ति र गहना भएको बताएका छन।

यस्तै कार्यक्रममा बोल्दै नगर उप प्रमुख महेश्वरी राईले स्थानीय सरकार भएको अनुभूति दिलाउन सवै वडामा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम लगाएत विभिन्न खालका लक्षित कार्यक्रम सञ्चालन गरिरहेका बताइन ।

यसैगरि वडा नं ४ का वडा अध्यक्ष बद्री बस्नेतले आफूहरु निर्वाचित भएर वडामा आएदेखी लक्षित बर्ग अन्तरर्गत जेष्ठ नागरिक, आदिवासी जनजाती, युवा, दलित, अपाङ्हरुका लागि बिभिन्न कार्यक्रमहरु संचालन गरेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।