गाईघाट रौता सडकमा पर्ने बैथुम्का र हुवासमा हिल स्टेसन निर्माण हुने

Logo
आइतबार, पुष २२, २०८०

उदयपुर । नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि एकीकृत पर्यटकीय गुरुयोजना निर्माण गर्ने भएको छ । बोर्डले उदयपुरको रौतापोखरीलाई लक्षित गरि गाईघाट-रौता सडकमा पर्ने विभिन्न स्थानहरुमा पर्यटन प्रवर्द्धनका लागि हिल स्टेसनको निर्माण गर्ने भएको हो ।

गाईघाट रौता सडकमा पर्ने बाघखोर स्थित बैथुम्का डाँडा, हुवास र रौता पोखरीमा हिल स्टेसन निर्माणका लागि बृस्तित परियोजना प्रतिवेदन (DPR) निर्माणका लागि सर्वे गर्ने काम भै रहेको छ ।

गाईघाटबाट करिव ३० किलोमीटर दुरीमा रहेको बैथुम्का डाँडामा बन्ने हिल स्टेसनमा पिकनिक स्पोट, तराई देखि हिमालको मनोरम दृश्यको अवलोकन गर्न भ्यु टप, प्राकृतिक सौर्न्दर्य रुखघर निर्माण, बगैँचा लगायत हजारौं मानिसहरु गएर घुम्न मिल्ने गरि स्टेसन बनाउन लागिएको त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेतले जानकारी दिए ।

नगर प्रमुख बस्नेतका अनुसार बैथुम्का डाँडालाई पहिलो हिल स्टेसन बनाएर हुवास स्टेसनमा मान्छेहरु गएर घुम्न आनन्द लिने सक्ने सामान्य बगैँचा र फलैचाहरु निर्माण गरि रौतामा ठूलो हिल स्टेसन निर्माण गर्ने गरि योजना बनाएर काम गर्न लागिएको छ ।

उदयपुरको सदरमुकाम गाईघाटबाट करिव एक घण्टाको समयमा पुग्न सकिने बैथुम्का डाँडा र हुवासमा १२ महिना चिसोको आनन्द लिन सकिने र तराई देखि हिमालको मनोरम दृश्यको अवलोकन गर्न सकिने भएका कारण यस ठाउँलाई बिकास गर्न सके समग्र उदयपुरको बिकास हुने वडा नं १५ का वडा अध्यक्ष गणेश तिम्सिनाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।