बिसनपुर हरितपार्कलाई सुन्दर बैगैचाको पार्क बनाइने : मेयर बस्नेत

Logo
आइतबार, पुष २२, २०८०

गाईघाट । त्रियुगा नगरपालिका वडा नं १२ स्थित विसनपुर हरितपार्कमा एनआइएमबी बैंकको सहयोगमा वृक्षारोपण गरिएको छ। गाईघाटमा वर्सेनी जनघनत्व बढीरहेका बेला वातावरण संरक्षणका लागि एनआइएमबी बैंक र स्थानीय जनप्रतिनिधि द्वारा वृक्षारोपण गरिएको हो।

वृक्षारोपणमा सहयोग गरेर एनआइएमबी बैंकले निकै राम्रो काम गरेको त्रियुगा नगरपालिका वडा नं १२ कि कार्यवाहक वडा अध्यक्ष अनिता थापाले बताइन। गाईघाटको त्रियुगा नदि उकास बगरमा हरित पार्ककको निर्माण गरि वातावरणको हिसावले पनि र पर्यटनको हिसावले पनि निकै राम्रो भएको कावा अध्यक्ष थापाले बताइन ।

बिसनपुर हरितपार्कलाई सुन्दर बगैचाको रुपमा बिकास गर्ने गरि विभिन्न प्रजातिका फलफुलका बिरुवा रोप्न एनआइएमबी बैंकलाई आग्रह गरे अनुसार फलफुलका बिरुवा रोपिएको नगर प्रमुख वसन्त कुमार बस्नेतले जानकारी दिए । उनका अनुसार बिसनपुर हरितपार्कलाई यहीका आन्तरिक मानिसहरुलाई बिहान बेलुका गएर घुम्ने टहल्ने सुन्दर शान्त ठाउँको रुपमा बिसनपुर हरित पार्कलाई बनाउन लागिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।