देशको अर्थ व्यवस्था इतिहासकै कमजोर : पूर्वअर्थमन्त्री लोहनी

Logo
शनिबार, पुष २८, २०८०

उदयपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष तथा बरिस्ठ नेता डा. प्रकाश चन्द्र लोहनीले मुलुकको आर्थिक अवस्था चिन्ताजनक हुँदै गएको बताएका छन । पृथ्वी जयन्तीको अवसरमा उदयपुरको गाईघाटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न आएका उनले कार्यक्रम अघिको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन ।

पूर्वअर्थमन्त्री समेत रहेका नेता लोहनीले देशको साधारण खर्चले कर्मचारीको तलब समेत धान्न नसकेको र आर्थिक वृद्धिदर इतिहासकै कम २ प्रतिशत रहेको भन्दै देशको आर्थिक स्थिति चिन्ताजनक हुँदा पनि अहिलेलेको सरकारले आर्थिक वृद्धि गर्न कुनै कदम वा योजना नल्याएको बताए ।

पत्रकारहरु सँगको अन्तरक्रिया कार्यक्रममा लोहनीले अहिलेको सरकार असफल भएको बताउदै सरकारसँग कुनै मुल्यमान्यता नभएको, कानुनी शासन खेलाची हुँदै गएको बताए । “सरकारले डेलिभरी गर्न सकेन, जनता प्रती उदासिन छ, कुनै मुल्यमान्यता छैन जनतामा चरम असन्तोष र निराशा छ ।” उनले भने, “जनताको असन्तोष निराशा बढ्दै गए पछि आक्रोशमा परिणत हुन्छ र त्यो आक्रोश बढ्दै गए पछि बिद्रोहमा परिणत हुन्छ त्यस अवस्थामा देशलाई कसले बचाउछ, त्यसको बारेमा सोच्ने बेला आएको छ ।”

कोशी प्रदेशको सभामुख पदमा पार्टीको सहभागिताको बिषयमा नेता लोहनीले केन्द्रीय समितिको निर्णय भन्दा अलग र व्यक्ती केन्द्रित निर्णय भएको उल्लेख गरे । उनले भने, “हामी अहिलेको व्यवस्थाको विरुद्धमा छौ त्यस व्यवस्थाको पालक हुन सभामुख जस्तो पदमा जान नहुने केन्द्रीय समितिको निर्णय छ कोशी प्रदेशमा व्यक्ती केन्द्रित निर्णय भयो यो ठिक भएको छैन यसमा पुनः बिचार हुन पर्छ ।”

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।