गाईघाटमा सुबिधा सम्पन्न बसपार्क निर्माणमा नगर बिकासको चासो, लगानी गर्न उत्साहित

Logo
शुक्रबार, माघ ०५, २०८०

गाईघाट । उदयपुरको गाईघाटमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’ सहितको बसपार्क निर्माणका लागि त्रियुगा नगरपालिकाले बृस्तृत परियोजना प्रतिवेदन (डि.पि.आर.) तयार गरि नगर विकास कोषसँग ऋण सम्झौता गरेर निर्माण गर्ने गरि प्रक्रिया अगाडि बढाएको छ । त्रियुगा नगरपालिका नगर प्रमुख बसन्त बस्नेतका अनुसार बस पार्क भित्र  बस पार्किङ, टिकट काउन्टर, सपिङ कम्प्लेक्स लगायत सयौं व्यावसायिक सटरसहितका संरचना निर्माण, वाल उद्यान, स्वास्थ्य चौकी, बैंक तथा सुरक्षा निकाय पनि रहने गरि निर्माण गरिने छ ।

नगर विकास कोषका योजना बिकास महाशाका उपप्रवन्धक राजेश भोछिभोया सहित इन्जिनियरको टोलीले बरुवा बसपार्कको अवलोकन गरे पछि लगानी गर्न सकिने बताएका छन । पूर्वका सुनसरी, मोरङ, झापा लगायत इलाम, पाचथर, धनकुटा र तेर्हथुम सम्मका सवारी साधनहरुलाई कन्ट्रोल गर्न सकिने र यात्रुहरुलाई सेवा सुबिधा दिने सकिने भएकाले लगानी गर्न अति उत्तम स्थान भएको उपप्रवन्धक भोछिभोयाले बताए । मदन भण्डारी राजमार्ग संगै गाईघाट बजारको प्रवेश द्वारमा रहेको उक्त स्थानमा सुविधा सम्पन्न बसपार्क निर्माण गर्न सके समग्र उदयपुरको बिकासमा टेवा पुग्ने नगर प्रमुख बसन्त बस्नेतले बताए ।

सुनसरीको इटहरी जस्तै ट्रान्जिट हव बनाएर पूर्व, पश्चिम र पहाड तिर जाने सवारी साधन र यात्रुलाई लक्षित गरि बस पार्क निर्माण गर्दा पाहाडका अर्गानिक समान र तराईका फाटमा उत्पादित सम्पूर्ण उत्पादनलाई संकलन गरि देशका ठुला सहरमा सप्लाई गर्न सकिने योजना सहितको बस पार्क निर्माण गर्न लागिएको नगर प्रमुख बस्नेतले बताए।

यस अगाडी देखि नगर विकास कोषलाई लगानीका लागि आव्ह्वान गरिएको भए पनि जग्गा प्राप्तिको समस्याले चासो देखाएको थिएन।  अहिले नगरपालिकाले जग्गा प्राप्ति गरि आफ्नो नाममा ल्याए संगै नगर बिकास कोषले लगानी गर्न चासो देखाएको हो । देशका महत्वपूर्ण सहरमा ऋण सहयोग गरि बस पार्क निर्माणमा लगानी गर्दै आएको नगर विकास कोषले लगानीमा चासो देखाए संगै अव बस पार्क निर्माण हुनेमा आशा थपिएको नगर उपप्रमुख महेश्वरी राईले बताइन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।