त्रियुगाको गौरवको आयोजना त्रियुगा रिङरोड ( लिङ्करोड) को शिलान्यास

Logo
आइतबार, माघ ०७, २०८०

उदयपुर।  त्रियुगा नगरपालिका भित्रका मुख्य सडक र राजमार्गलाई विभिन्न वस्तीसँग जोड्ने योजना सहितको त्रियुगा रिङरोड ( लिङ्करोड) को आज शिलान्यास गरिएको छ । त्रियुगा उपत्यकाका विभिन्न वस्तीहरुलाई मुख्य सडक र राजमार्गसँग जोड्ने योजना अनुसार त्रियुगा नगरपालिकाको वडा नं १ रुपनी रुपनीमा आज एक कार्यक्रम गर्दै शिलान्यास गरिएको हो । रिङरोड ( लिङ्करोड) को त्रियुगा नगरपालिका नगर प्रमुख बसन्त कुमार बस्नेत र उपप्रमुख महेश्वरीले संयुक्त रुपमा रिबन काटेर शिलान्यास गरेका हुन ।

त्रियुगा उपत्यका १ देखी वडा नं १३ सम्मका सम्पूर्ण वस्तीहरुलाई सडक र राजमार्गसँग जोड्नका लागि त्रियुगा रिङरोड ( लिङ्करोड) को अवधाराणा ल्याएर योजना बनाई काम शुरु गरिएको त्रियुगा नगरपालिका नगर प्रमुख बसन्त कुमार बस्नेतले बताउनु भयो । त्रियुगा रिङरोड ( लिङ्करोड) को शिलान्यास गर्दै नगर प्रमुख बस्नेतले नगरपालिकाको गौरवको आयोजना भएकाले थोरै भए पनि सुरुवात गरिएको र यसलाई आउदा बर्षमा गौरवका रुपमा राखेर बजेटको व्यबस्थापन गर्ने बताउनु भयो ।

जम्मा त्रियुगा उपत्यकामा रिङरोड ( लिङ्करोड) ५२ किलोमिटरको हुने र यो त्रियुगा नगरपालिकाको विकासको कडी भएको नगर प्रमुख बस्नेतले उल्लेख गर्नुभयो । नगर प्रमुख बस्नेतका अनुसार यस बर्ष १ दशमलब ५ किलोमिटर सडक कालोपत्रे हुने छ । संघिय र प्रदेश सरकारसँग हार गुहार गर्दा पैसा धेरै नपरेको भए पनि योजना पार्न सफल भएकोमा खुसि व्यक्त गर्दै अर्को आर्थिक बर्षमा १० देखि १५ किलोमिटर कालोपत्रे हुने गरि बजेट व्यबस्थामा लाग्ने प्रमुख बस्नेतको भनाई छ ।

त्रियुगा नगरपालिका वडा नं १ रुपनीमा बन्न लागेओ पहिलो फेजको त्रियुगा लिङ्करोड (जोगीदह रिङरोड) को ठेक्का न्यु चुरिया निर्माण सेवा र चन्दन कन्ट्रक्सनले पाएका छन । १ करोड २९ लाखमा १ किलोमिटर कालोपत्रे गर्ने गरि न्यु चुरिया निर्माण सेवाले र ४० लाखमा ५ सय मिटर ढलान सडक निर्माण गर्ने गरि चन्दन कन्ट्रक्सनले ठेक्का सम्झौता गरेका छन ।

लिंक रोडले पूर्णता पाए पछि सडक तथा राजमार्गमा ट्राफिक जाम पनि कम हुने र दुर्घटना समेत कम हुने उप प्रमुख महेश्वरी राईले बताउनु भयो । लिङ्करोडको केही अंशको रुपमा निर्माण हुन गइरहेका सडकहरुको काम तोकिएको समयमा नै पूरा हुने वडा अध्यक्ष मनोज चौधरीले बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।