भुल्केमा दुईदिने मृगौला परिक्षण सुरु, पहिलो दिनमै १ सय ३४ ले लिए सवा

Logo
शनिबार, माघ १३, २०८०

गाईघाट। त्रियुगा नगरपालिका ३ भुल्केमा रहेको सामुदायिक सर्पदश उपचार केन्द्रमा दुइदिने स्वास्थ्य शिविर संचालन भएको छ । उदयपुर समाज काठमाण्डौ र मार्क ईन्टरलेशनल किडनी सेन्टर लाजिम्पाटको सहकार्यमा विशेषज्ञ डाक्टरहरुबाट २ दिने शिविर संचालन भएको हो ।

सर्पदंश उपचार केन्द्रको आन्तरिक ब्यवस्थापन र त्रियुगा नगरपालिका गाईघाट तथा त्रियुगा नगरपालिका वडा नं ३ को आर्थिक सहयोगमा भएको दुईदिने शिविरको पहिलो दिनमा १ सय ३४ जना बिरामीले स्वास्थ्य परिक्षण गराएका थिए । शिविर उदघाटनका क्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या भोग्दै आएका सर्वसाधारण जनताले लाभ लिनेगरी संचालन गरिएको शिविरका आयोजक टोलिलाई धन्यवाद दिदै कार्यक्रम सफलताको सुभकामना दिएका थिए ।

शिविरका विशेष अतिथि नेपाली सेना श्री नं १८ वाहिनी अड्डाका प्रमुख वाहिनीपति मनोज बैदवारले स्वास्थ्य शिवीरमा मृगौला चेकगराउने सर्वसाधारणको घुइचो लागेकोमा खुसि ब्यक्त गर्दै आयोजक र संचालक संस्थालाई धन्यवाद दिएका थिए । ग्रामिण क्षेत्रका सर्वसाधारणलाई लक्षितगरी राखिएको सो सिविरमा डा. अर्चन शमसेर रानाको नेतृत्वको चिकित्सिकिय टोलीले सर्बसाधारणलाई सुगर,प्रेसर र मृगौलाको बारेमा चेकजाच गरेको थियो।

आफ्नो वडाका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको वडा नं ३ का वडा अध्यक्ष   तिलक कटुवालले बताए । वृद्ध आमाबुवाको हेरचाह महत्वपूर्ण विषय भएकाले पनि यस्ता शिविरहरु आयोजना गरि स्वास्थ्य समस्याहरुको जाँच तथा सम्बोधन गर्न विरामको पहिचान गर्न र उपचार गर्न समेत सजिलो हुने भएकाले स्वास्थ्य शिविरको आयोजना गरिएको अध्यक्ष कटुवालले बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।