फागुन १ देखि हुने दोस्रो प्रादेशिक महोत्सवको तयारी भव्य

Logo
शनिबार, माघ १३, २०८०

उदयपुर ।  त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट उदयपुरको आयोजनामा आगामी फागुन १ देखि १० गते सम्म हुने दोस्रो प्रादेशिक महोत्सवको धमाधम तयारी भैरहेको आयोजकले जनाएको छ । शुक्रबार त्रियुगा उद्योग वाणिज्यको सभाहलमा आयोजित पत्रकार सम्मेलन गर्दै प्रादेशिक महोत्सवको तयारी तिब्र रुपमा भैरहेको जनाएको हो  ।

भाषा कला र संस्कृतिको उत्थान, वढाउ उद्योग व्यापार कृषि र पर्यटन भन्ने नारा सहित महोत्सव आयोजना हुन लागेको हो । महोत्सव सुरु हुन १७ दिन बाकी रहदाँ महोत्सवको लागि आवश्यक समन्वय तथा सहकार्यको कामहरु भैरहेको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईलीले जानकारी दिए ।

महोत्सवमा स्थानिय कृषि, घरेलु तथा साना उद्यमीहरुको प्रदर्शनी, विभिन्न जातिय परिकारहरुको प्रदर्शनी तथा विक्रि, विभिन्न जातजातीहरुको सास्कृतिक प्रस्तुती, स्थानिय उत्पादनहरुको व्यवसायीक प्रबद्र्धन, स्थानिय तथा राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुती, लागुऔषध दुव्र्यसनी बिरुद्धको सचेतनामुलक कार्यक्रम लगायत महोत्सवको आकर्षण रहेको अध्यक्ष रसाईलीले जानकारी दिए ।

महोत्सवलाई सफल बनाउनको लागि विभिन्न उप समितिहरु तयार गरेर जिम्मेबारी दिदै महोत्सवको वृहत तयारीमा जुटेको त्रियुगा उद्योग वाणिज्य संघका महासचिव दिनेशकुमार श्रेष्ठले जानकारी दिए । १० दिन सम्म संचालन हुने महोत्सवमा एक लाख बढि आन्तरिक तथा वाहर्य पर्यटक भित्राउने तथा डेढ करोड बढिको आर्थिक कारोबार गरिने लक्ष्य राखिएको संघका उपाध्यक्ष नविन बस्नेतले बताए  ।

महोत्सवको लागि हाल विभिन्न चरणमा प्रचार प्रसारको काम भैरहेको त्रियुगा उद्योग वाणिज्य संघका सचिव तथा प्रचार प्रसार तथा सूचना प्रविधि व्यवस्थापन उप समितिका संयोजक रुपम अनुराग गुप्ताले जानकारी दिए । शुक्रबार पत्रकार सम्मेलन संगै विभिन्न विभिन्न संचार माध्यमहरु संग सहकार्य गरेर प्रचार प्रसारको कार्यलाई तिब्रता दिईने योजना रहेको सचिव गुप्ताले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।