जिल्ला अस्पताल उदयपुरलाई स्तर वृद्धि गरि १ सय बेडको बनाइने

Logo
आइतबार, माघ १४, २०८०

उदयपुर । उदयपुरको जिल्ला अस्पताललाई स्तर वृद्धि गरिने भएको छ । जिल्ला अस्पताल उदयपुरलाई कोशी प्रदेशकै नमुना अस्पतालको रुपमा बिकाश गरि १ सय बेडको अस्पताल बनाउनका लागि आज त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले आवश्यक डकुमेन्ट कोशी प्रदेशका मुख्यमन्त्री कदार कार्की समक्ष पेश गरेका छन ।

स्वास्थ्य क्षेत्रको सुधार र अस्पतालको स्तर वृद्धिका लागि नगर प्रमुखले देखाएको तत्परताको तारिफ गर्दै मुख्यमन्त्री कार्कीले अस्पताललाई १ सय बेडमा स्तर वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

जिल्ला अस्पताल उदयपुरमा अहिले ५० बेडको अनुमति भए पनि बिरामीको चापका कारण दैनिक १ सय बेडको आवश्यकता देखिएको छ। दैनिक १ हजार बिरामी चेक जाँच गराउन आउने अस्पताललाई हाल बेड तथा जनशक्तिको अभाव छ। जिल्लामै जटिल किसिमका बाहेक सम्पूर्ण रोगको उपचार तथा सल्यक्रिया हुन थाले पछि बिरामीको चाप बढ्न थालेको हो ।

उदयपुर, खोटाङ, लगायत छिमेकी जिल्लाका बिरामीहरु समेत आउन थाले पछि अस्पतालमा चाप बढेको छ । नजिकै घर पाएक अस्पताललाई स्तर वृद्धि गरी सम्पूर्ण जिल्ला बासीलाई आफ्नै जिल्ला अस्पतालमा उपचार गराउने र नगरवासीलाई सम्पूर्ण उपचार गर्न बाहिर जान नपर्ने व्यवस्थाका लागि आफु लागि परेको नगर प्रमुख बसन्त बस्नेतले बताउनु भयो ।

पित्त थैलीको अप्रेसन, हाडजोर्नी, डाईलासिस लगायत गम्भिर किसिमका रोगको उपचार जिल्ला अस्पताल उदयपुरमा हुन थाले पछि जिल्ला लगायत छिमेकी जिल्लाका बिरामीको चाप बढ्न थाले संगै त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले कोशी सरकारका मुख्यमन्त्री लाई भेटेर जिल्ला अस्पताल उदयपुरलाई स्तर वृद्धि गर्दै १ सय बेडको बनाउन प्रस्ताव पेश गरेका हुन ।

न्यूनतम् सेवा मापदण्डमा कोशी प्रदेशकै उत्कृष्ट भएको जिल्ला अस्पताल उदयपुरलाई स्तर वृद्धि गर्ने बिषयमा मुख्यमन्त्री कार्कीले सकारात्मक जवाफ दिएका थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।