त्रियुगाको त्रिवेणीमा अपांग, बालअश्रम र बृद्धाश्रमको नगर प्रमुखले गरे एकै दिन शिलान्यास

Logo
बुधबार, माघ १७, २०८०

गाईघाट  । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२  स्थित त्रिवेणी टोलमा आश्रम भवनको शिलान्यास गरिएको छ । बुधबार त्रियुगा नगरपालिकाका प्रमुख वसन्त कुमार बस्नेतले अपांग, बालआश्रम र बृद्धआश्रम संरक्षण भवनको शिलान्यास गरेसँगै भवन निमार्ण सुरु भएको हो ।

बिरामी, मानसिक रोगी, अशक्त, बोल्न नसक्ने तथा फरक क्षमता भएर घरपरिवारबाट विस्थापित भइ सडकमा अलपत्र परेर कष्टकर जीवन व्यथित गरिरहेका मानवहरुलाई आश्रय दिने हेतुले आश्रमको निर्माण गर्न लागिएको नगर प्रमुख बस्नेतले बताए ।

त्रियुगा नगरपालिकालाई सहयोगापेक्षी र सडक मानवमुक्त नगर घोषणा गर्नका लागि आश्रय भवनको निर्माण गर्न लागिएको नगर प्रमुख बस्नेतले बताए ।

एन्जल कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.ली. र सुशन निर्माण सेवा एण्ड सप्लायर्स प्रा.लीले ९८ लाख ९७ हजार ६ सय ६५ (मुअ कर सहित) रुपैयामा निर्माणको जिम्म्मा पाएका छन । आश्रय भवन निर्माणका लागि सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरीले बजेट उपलब्ध गराएको हो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।