वडा नं ८ को सर्पदंश केन्द्रलाई एक लाख बराबरको सामाग्री सहयोग

Logo
शुक्रबार, माघ १९, २०८०

गाईघाट । श्री नं १८ बाहिनी अड्डा परिसरमा रहेको सामुदायीक सर्पदंश केन्द्रलाई त्रियुगा नगरपालिका वडा नम्बर ८ ले आवश्यक सामाग्री सहयोग गरेको छ । बर्षेनी सर्पदशंका सयौ विरामीको उपचार गरी सेवा दिदै आएको सर्पदंश केन्द्रलाई त्रियुगा नगरपालिका वडा नम्बर ८ ले एक लाख बराबरको एक थान एलईडि टेलिभिजन र एक थान कप्युटर सहयोग गरेको हो ।

वडा नम्बर ८ का वडाअध्यक्ष राजकुमार राउत, वडा सदस्य जुठे दनुवारले सामुदायीक सर्पदंश केन्द्रका अध्यक्ष पवित्रा गिरी र सचिव यदु ढकाललाई सामाग्री हस्तान्तरण गरेका हुन।

सामाग्री हस्तान्तरण गर्दै वडा अध्यक्ष राजकुमार राउतले वडाको सानो सहयोगले मृत्युको मुखमा पुगेका विरामीहरुलाई बचाउन हौसला मिलोस भन्ने उदेश्यले सामाग्री सहयोग गरेको बताए ।

सामाग्री हस्तान्तरण गर्ने क्रममा बोल्दै सामुदायीक सर्पदंश केन्द्रका अध्यक्ष पवित्रा गिरीले सिमित स्रोत र साधनका विच सामुदायीक सर्पदंश केन्द्र संचालनमा रहेकाले सबै पक्षलाई आवश्यक सहयोगको लागि आव्हान समेत गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।