उदयपुर । सदरमुकाम गाईघाटमा संचालित “उदयपुर महोत्सव” मा जिल्ला स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले अनुगमन गर्दा अखाद्य बस्तु फेला पारेको छ । स्थानीय सरकारको अनुमती समेत नलि संचालन गरिएको महोत्सवमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले अनुगमनका क्रममा अखाद्य रंग मिसावट गरि उत्पादन गरिएका बस्तु फेला पारी बरामद गरेको हो ।
रंग मिसावट गरि उत्पादन गरिएको अखाद्य बस्तुलाई नियन्त्रणमा लिएर नष्ट गरिएको र तत्काललाई महोत्सवमा त्यस्ता अखाद्य बस्तु उत्पादन तथा बिक्रि वितरणमा रोक लगाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय गाईघाटका प्रमुख मेनष श्रेष्ठले जानकारी दिए ।
अनुगमन टोलीले मेलामा रहेका होटल, रेष्टुरेण्टले प्रयोग गर्ने तेलको Total Polar Material (TPM) २५ भन्दा धेरै रहेको भन्दै उक्त होटल तथा रेस्टुरेन्टमा प्रयोग गरिएको उक्त २० लिटर तेल बरामद गरि नष्ट गरिएको थियो ।
अनुगमन टोलीले मेलामा रहेका १४ ओटा होटल/रेष्टुरेन्ट, ३ ओटा मिठाई पसल, १ ओटा डेरी पसल र ३ ओटा कटान क्याण्डीको पसलमा अनुगमन गरेको थियो ।