“दोस्रो प्रदेश महोत्सव २०८० त्रियुगा” मा आउने दर्शकलाई र्याफ्टिङ, प्याराग्लाईडिङ मार्फत पनि मनोरञ्जन दिने

Logo
बुधबार, माघ २४, २०८०

उदयपुर । त्रियुगा उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको “दोस्रो प्रदेश महोत्सव २०८० त्रियुगा” मा दर्शकहरुलाई प्याकेजमा मनोरञ्जन दिने भएको छ । “धार्मिक तथा  सांस्कृतिक सम्पदाको संरक्षण, वढाउ उद्योग, व्यापार, कृषि र पर्यटन” भन्ने नारा सहित आयोजना हुन लागेको महोत्सवमा मनोरञ्जन लिन आउने दर्शकलाई प्याकेजमा मनोरञ्जन दिने भएको हो ।

बिशेष गरि व्यापार र पर्यटनलाई बढावा दिने उदेश्यले आयोजना गरिएको महोत्सवमा आउने दर्शकलाई मनोरञ्जन दिन राष्ट्रिय कलाकारका साथमा सांगीतिक मनोरञ्जनका साथै प्याराग्लाईडिङ उडान, सुनकोशी नदिमा र्याफ्टिङ र विभिन्न सांस्कृतिक र ऐतिहासिक सम्पदाहरुको प्याकेजमा भ्रमण गराउने भएको छ ।

त्रियुगा नगरपालिका वडा नं १३ स्थित बरुवा बसपार्कमा फल्गुण १ गते देखि १० गते सम्म संचालन हुने महोत्सवमा फल्गुण ४ गते सम्पुर्ण बिद्यालयका विद्यार्थीलाई बोलाएर जिल्ला प्रहरी कार्यलयले संचालन गर्दै आएको  “I dare no drugs campaign” लागू औषध दुर्व्यवसनी विरुद्धको सचेतनात्मक कार्यक्रम समेत गरिने भएको छ ।

१० दिन सम्म संचालन हुने महोत्सवमा १ लाख बढि आन्तरिक तथा वाहर्य पर्यटक भित्र्याउने योजना सहित करिव डेढ करोड बढिको आर्थिक कारोबार गरिने लक्ष्य राखिएको आयोजकले जनाएका छन ।

महोत्सवमा स्थानिय कृषि, घरेलु तथा साना उद्यमीहरुको प्रदर्शनी, विभिन्न जातिय परिकारहरुको प्रदर्शनी तथा विक्रि, विभिन्न जातजातीहरुको सास्कृतिक प्रस्तुती, स्थानिय उत्पादनहरुको व्यवसायीक प्रबद्र्धन गर्नका निमित्त नि:शुल्क स्टलहरुको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।