१३ औं राष्ट्रपति रनिङ शिल्डमा भागलिने त्रियुगाका खेलाडीलाई नगर प्रमुख बस्नेतले दिए बिजयको शुभकामना

Logo
शुक्रबार, माघ २६, २०८०

उदयपुर । उदयपुर जिल्ला अन्तरपालिका स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० कटारीमा सुरु भएको छ । उदयपुर जिल्ला खेलकुद विकास समितिको आयोजना तथा  कोशी प्रदेश खेलकुद परिषद्को आर्थिक व्यवस्थापनमा सञ्चालन हुने प्रतियोगिता यही माघ २५  गते देखि सुरु भएको हो ।

२५ गते देखि २७ गते सम्म संचालन हुने प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, उसु, हाइजम्प लङजम्प लगायतका खेल समावेश गरिएको छ ।

यस अगाडि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतिगोयतामा उत्कृष्ट भएका खेलाडीबाट छनोट गरेर पालिकाले जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराएका छन । विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई पालिका, जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पर्वत दाहालले बताए  ।

१३ औं जिल्ला अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई त्रियुगा नगरपालिकाले आजै बिदाई गरेको छ । नगर खेलकुद विकास समितिको आयोजनामा खेलाडीहरुलाई जर्सी प्रदान गर्दै त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले बिदाई गरेका हुन। अगिल्लो संसकरणमा च्याम्पियन बनेको त्रियुगाका खेलाडीलाई मेयर बस्नेतले पुन: बिजयको शुभकामना दिए ।

खेलक्षेत्रमा नगरपालिकाले गरेको लगानीको स्मरण गराउदै खेलाडीलाई मनोवल उच्च बनाएर र लगनशील भएर खेल्न आग्रह गरे । खेल भावाना मार्फत जिल्ला देखी देश भर त्रियुगा नगरपालिकाको नाम राख्ने गरि खेल्न खेलाडीहरुलाई सुझाव दिए । पालिका हुदैँ राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिएर उत्कृष्ट  हुने खेलाडीलाई नगरले पुरस्कृत गर्ने उनले घोषणा गरे।

‘स्वास्थ्यका लागि खेलकुदः राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराको साथ सुरु भएको खेलमा प्रथम हुनेले राष्ट्रपति रनिङ शिल्ड जित्ने छ । भने, प्रथम, द्वितीय र तृतीय हुनेले ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।