नेपाल राष्ट्रिय भुतपूर्व सैनिक संघ उदयपुरको भवन नगर प्रमुख बस्नेतले गरे उद्घाटन

Logo
शुक्रबार, माघ २६, २०८०

उदयपुर । नेपाली सेनाका अवकाश प्राप्त व्यक्तिहरुको छाता संगठन नेपाल राष्ट्रिय भुतपूर्व सैनिक संघ उदयपुरको भवन बिहिबार एक कार्यक्रम गर्दै उद्घाटन गरिएको छ ।

नेपाल राष्ट्रिय भुतपूर्व सैनिक संघ उदयपुर र त्रियुगा नगरपालिकाको संयुक्त आर्थिक सहयोगमा नव निर्मित भवनको त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेत, नेपाल राष्ट्रिय भुतपूर्व सैनिक संघ केन्द्रिय उप-सभापति स.र.डा. केशर बहादुर भण्डारी (अ.प्रा.) र श्री नं. १८ बाहिनी अड्डाका बाहिनी पति स.र. मनोज बैदवारले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख बस्नेतले नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ बिशुद्ध नेपाली सेनाबाट अवकाश प्राप्त भूतपूर्व सैनिकलगायत परिवारहरुको कल्याण र परिआएको समयमा देश र जनताको रक्षा गर्नका निमित्त खोलेको संस्था भएकाले यसको गरिमा हामी सवैको भन्दा माथी रहेको धाराणा व्यक्त गरे ।

विश्व सामु वीर गोरखालीको रुपमा परिचय प्राप्त वीर सैनिकहरुले पुर्‍याएको योगदान र बलिदानबाट सिङ्गो देशले प्रतिष्ठा बढाएको भन्दै नेपाल राष्ट्रिय भुतपूर्व सैनिक संघ केन्द्रिय उप-सभापति स.र.डा. केशर बहादुर भण्डारी (अ.प्रा.) ले भूतपूर्व सैनिक जनशक्तिले समाजको विकासमा समेत संघ मार्फत महत्वपूर्ण भूमिका निभाई रहेको जिकिर गरे।

यस्तै उद्घाटन कार्यक्रममा श्री नं. १८ बाहिनी अड्डाका बाहिनी पति मनोज बैदवारले नेपाली सेनाका संस्थागत मुल्य मान्यताहरु, रितीरिवाज र पेशेवर संस्कारलाई अवकाश पश्चात पनि जीवन्त राख्न भूपू सैनिकहरुले खेल्दै आउनु भएको भूमिका महत्वपूर्ण रहेको र भविष्यमा पनि रहिरहनेमा विश्वस्त रहेको बताए ।

यस्तै कार्यक्रममा त्रियुगा नगर उप प्रमुख महेश्वरी राई लगायत सयौंको संख्यामा भूतपूर्व सैनिकहरुको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रम संगै संघले आफ्नो २७ औं साधारण सभा समेत सम्पन्न गरेको छ । यस्तै भुतपूर्व सैनिक संघ उदयपुर द्वारा संचालनमा ल्याएको पूर्व सैनिक वचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा तथा ५ औं अधिबेशन समेत सम्पन्न भएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।