लैंगिक हिंसा न्युनिकरणका लागि त्रियुगा नगरपालिकामा दम्पती कार्यक्रम

Logo
शुक्रबार, माघ २६, २०८०

उदयपुर : लैगिंक हिंसा न्युनिकरणका लागि उदयपुरको त्रियुगा नगरपालिकाले दम्पती कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

दैनिकजसो हिंसाको घट्ना बढ्न थालेपछि न्युनिकरणमा सघाउ पुर्याउन नगरपालिकाले महिला तथा बालबालिका शाखामार्फत लैंगिक रुपान्तरणका लागि दम्पती कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

लैगिंक समानता कायम गर्ने उदेश्यले नगरपालिकाले पहिलो पटक नयाँ कार्यक्रमको सुरुवात गरेको शाखा प्रमुख निरु कार्कीले बताईन ।

हिंसा न्युनिकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम गर्दा महिलालाई मात्र बोलाउने र त्यस बिषयमा पुरुष अनविज्ञ रहँदा महिलाहरु थप प्रताडित हुनु परेकाले दुबैलाई भेला पारेर कार्यक्रम गरिएको उनले बताईन् ।

उनले भनिन्, ‘कार्यक्रमको लक्ष्य दम्पती विच एकआपसमा विश्वास, माया, प्रेम, साथ-सहयोग निरन्तर भयो भने मात्र सम्बन्ध टिक्छ भन्ने हो तसर्थ यस कार्यक्रमले सम्बन्धलाई अझ प्रगाढ बनाउ छ ।’

दम्पती विचको झैझगडालाई सामान्यरुपमा लिँदा अन्ततः उनीहरु आत्महत्या र सम्बन्ध विच्छे्दको बाटो रोज्नु बाध्य भएकाले सम्बन्धलाई मजवुद बनाउन प्रयास गरिएको उनको भनाई छ ।

कार्यक्रममा वडा नं ७ र ८ का २० बर्ष पुरा भई चालीस बर्ष ननाघेका १५ जोडी दम्पतीको सहभागिता रहेको वडा नं ८ का कार्यवाहक वडाध्यक्ष रिता खड्काले बताईन । उनीहरुलाई सहजकर्ताद्धय महेश बस्नेत र शुशिला कार्कीले लिंगका आधारमा अलग–अलग कोठामा समुह विभाजन गरी र अन्तमा एकै ठाउँमा राखेर सहजिकरण गरिएको उनले बताईन ।

कार्यक्रमले विशेषगरी विश्वास र गोपनियता, शारिरीक हाउभाउ, लैगिंकता र सामाजिकरण, लैगिंक हिंसा, विवाहका आशा र अपेक्षा दरिलो सम्बन्ध, हेरचाह, वालविवाह रोक्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने का.वा. अध्यक्ष खड्काले बताईन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry