नेपालको संघीयता पृथक किसिमको छ :  शिक्षा मन्त्री अशोक राई

Logo
शनिबार, माघ २७, २०८०

उदयपुर ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले नेपालको संघियता पृथक किसिमको भएकाले संघीयता लाई सफल कार्यन्वयन गर्न सवै किसिमका ऐन कानुन छिटो बनाउनु पर्ने बताउनु भएको छ । शनिवार उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा ४ बगाहा स्थित प्रस्तावित मेडिकल कलेजको जग्गा अवलोकन गर्ने क्रममा मन्त्री राईले सो कुरा बताउनु भएको हो ।

नेपालको संघियतामा तीन तहको सरकार रहेको उल्लेख गर्दै यसलाई नयाँ आयामको संज्ञा दिदै यसको स्थायित्व र सक्रमणकालिन अवस्थाबाट बाहिर आउन बर्तमान सरकाले राज्यका सबै खाले कानुनलाइ छिटो ल्याउने तयारी गरिरेहेको समेत बताउनु ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकराले डा. गोबिन्द के.सी. संग गरेको सम्झौता अनुसार राज्यले देशका सातै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने गरी प्रक्रिया अघि बढाएकोमा उदयपुरको प्रस्तावित मेडिकल कलेज निर्माणको प्रकृया सुरु गर्न नसकिरहेको बेला प्रस्तावित मेडिकल कलेजको जग्गा अवलोकन गर्न मन्त्री राई उदयपुर आउनु भएको हो ।

मन्त्री राइले अन्य ठाउँका मेडिकल कलेज स्थापनाका लागि लगभग सबै प्रकृया पुरा भएको भएपनि उदयपुरको जग्गा प्राप्तिको काम सम्पन्न नभएकोले प्रकृया अघि बढाउन ढिला भएको समेत बताउनु भयो । उदयपुर मेडिकल कलेज स्थापनाका लागि त्रियुगा नगरपालिकाले ६२ रोपनी ऐलानी प्रति जग्गा संरक्षण गरेर राखेको नगर प्रमुख बसन्त बस्नेतले बताउनु भयो । वहाँले उक्त जमिनको स्वामित्व छिटो भन्दा छिटो मेडिकल कलेजको भोगाधिकारका नाममा ल्याउने भन्दै सबै प्रकृया सुरु गरिएको समेत बताउनु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।