गाईघाट ३ फागुन । त्रियुगा नगरपालिका ५ स्थित खारखोला र पिपलाचौरी जोड्ने झोलुङ्गे पुल निर्माण सकिएको छ । सुख्खा याममा खोलामा बगर मात्र देखिए पनि बर्खामा खोला पार गर्न नसकेर समस्या भोगिरहेकाहरुको अवस्था अन्त्य गर्नका लागि खारखोला र पिपलाचौरी जोड्न पुल निर्माण गरिएको हो ।
यातायातको असुविधा तथा प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको खारखोला र पिपलाचौरीमा आवतजावत गर्न सहज हुने भएको छ । समय अगावै पुल निर्माण भएर संचालमा आए पछि स्थानीय हर्षित भएका छन ।
पुल निर्माणसँगै स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउनका लागि टेवा पुग्नाकासाथै धार्मिक पर्यटन र साहसिक पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार थप गर्दै लैजाने पुलको अवलोकन गर्न पुगेका त्रियुगा नगरपालिकाका प्रमुख बसन्त बस्नेतले बताउनु भयो ।
नगरपालिकाको तटीय क्षेत्र भएपनि विकाशको काममा धेरै पछि परेका खारखोला, पिपलाचौरी, शुक्लाही, बिलौनी र पटुवारी लगायतका क्षेत्रमा मोबाइल टावरको समस्या आउने गरेकाले सो स्थानलाई लक्षित गरि एनटीसी फोर जे (NTC -4G ) टावरको निर्माण कार्य पनि भै रहेको नगर प्रमुख बस्नेतले बताउनु भयो ।