१ जना फरार प्रतिवादी पक्राउ

Logo
बिहिबार, फाल्गुण ०३, २०८०

गाईघाट । वन मुद्धामा दोषी ठहर भएका एक जनालाई उदयपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले त्रियुगा नगरपालिका वडा नं १२ सोनापुरका कुशेश्वर चौधरीलाई पक्राउ गरेको हो ।

वन मुद्दामा २० दिन कैद र २३ हजार ६ सय जरिवानामा भएका चौधरीलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालात उदयपुरमा लगिएको प्रहरीले जनाएको छ ।

चौधरीलाई दण्ड, जरिवाना,असुल गरि बाँकी कैद भुक्तानका लागि कारागार चलान गरिने छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजीकार्यलाई प्रहरीले तीव्र पारेको छ ।

गएको ३ महिना देखि उदयपुर प्रहरीले सक्रियरुपमा सवारी ज्यान, ज्यान मार्ने उद्योग, बहुविवाह, लागुऔषध, अवैध काठ ओसारपसार लगायतका मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका प्रतिवादीलाई पक्राउ गरि रहेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।