आज बाट दादुरा–रुबेला खोप अभियान सुरु

Logo
आइतबार, फाल्गुण १३, २०८०

उदयपर । उदयपुरमा आज देखि दादुरा–रुबेला खोप अभियान सुरु भएको छ । त्रियुगा नगरपालिका वडा नं. १० स्थित बाल मन्दिर माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरि खोप अभियान सुरु गरिएको हो ।

जिल्लाका त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका, बेलका नगरपालिका र रौतामाई, लिम्चुङ्गबुङ्ग गाउँपालिकामा पहिलो चरण फागुन १३ देखि १७ गते सम्म खोप अभियान संचालन हुने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

जिल्लाको कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका र ताप्ली गाउँपालिकामा अहिले नियमित खोप चल्ने भएकाले चैत्र २२ देखि २७ सम्म खोप अभियान संचालन गरिने खोप सुपरभाईजर निरीक्षक चिरन्जिवी निरौलाले जानकारी दिनु भयो ।

खोप जिल््लाका ४ सय ६४ खोपकेन्द्रमा २९१३४ जना ९ महिना देखी ५ बर्ष मुनिका बालबालिकालाई लगाईने लक्ष्य रहेको छ । लक्षित उमेरका बालबालिकाहरूलाई दादुरा–रुबेला खोप लगाएर रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले खोप अभियान सञ्चालन गर्न लागिएको जनाईएको उदयपुरका प्रमुख जिलल अधिकारी हरी प्रसाद घिमिरेले बताउनु भयो ।

खोप अभियानकै क्रममा नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि लगाइने छ ।  गत वर्ष १९ जिल्लामा दादुरा–रुवेला महामारीका रुपमा फैलिएको थियो । दादुरा–रुवेला भएका बेला ज्वरो तथा शरीरमा राता बिबिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने, समयमा उपचार नगरे आँखा नदेख्ने समस्याका साथै कान पाक्ने, कान नसुन्ने, निमोनिया भएर श्वासप्रश्वासमा समस्या हुने गर्दछ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।