करिव १ करोड लगानीमा त्रियुगाका ४ वटा वडालाई सिंचाई कुलो

Logo
आइतबार, फाल्गुण १३, २०८०

उदयपुर । करिव एक करोडको लगानीमा उदयपुरको त्रियुगानगरपालिकाका चार वटालाई लक्षित गरी सिचाई कुलो योजनानिर्माण कार्य सुरु गरिएको छ ।  कोसी प्रदेशका उपसभामुख सृजना दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईले संयुक्त रुपमा सिचाई योजनाको शिलान्यास गरेका हुन  ।

खेतीयोग्य जमिन भएर पनि सिचाईको अभाव झेल्दै आएका वडा नम्वर ६,७,८ र ९ लाई लक्षित गरी ९७ लाख ९८ हजार २ सय ९३ रुपैँयाको लागतमा देउराली गुम्वा सिंचाई योजना सुरु गरिएको हो ।

योजना शिलान्यास गर्दै उपसभामुख दनुवारले जनतालाई आर्थिकरुपले आत्मनिर्भर बनाउन सिचाई योजनाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन ।

६ सय ७५ मिटर लम्बाई सिंचाई कुलोमा संघ, प्रदेश, स्थानीय सरकारको ६० प्रतिशत, स्वीस सरकारको ३० प्रतिशत र उपभोक्ताको १० प्रतिशत लगानी रहेको छ। टोटल ३ हजार २ सय मिटर लामो सिंचाई कुलो निर्माण गर्ने उदेश्यले शुरु गरिएको योजनामा यस आर्थिक बर्षमा २५ हेक्टर जमिनलाई सिंचाई पुर्याउने उदेश्यले ६ सय ७५ मिटर कुलो निर्माण हुने छ।

४ वटा वडामा  १ सय १५ हेक्टर जमिनलाई सिंचाई पुर्याउने योजनाको उदेश्य रहेको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।