वैदेशिक रोजगारीबाट फर्किएकाहरु फेरि विदेसिनु भन्दा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले दीर्घकालीन कृषि बिकास रणनीति तर्जुमा सम्बद्ध परामर्शदायी कार्यशाला सम्पन्न गरेको छ ।
दीर्घकालीन कृषि विकास रणनीतिलाई दृष्टिगत गरी आयोजनाले ग्रामीण घरपरिवार, बेरोजगार युवालाई दीर्घकालीन कृषि बिकासमा जोड दिदै नगदे वाली र रैथानेवालीको प्रवद्र्धन गरी स्वरोजगारी र आयआर्जनमा वृद्धि गराउने उदेश्यले परामर्शदायी कार्यशाला सम्पन्न गरेको हो ।
त्रियुगा नगरपालिका कृषि बिकास शाखा र समृद्धिले होटल वर्ल्ड दरवारमा शनिबार सरोकार वालाहरु सँग परामर्शदायी कार्यशाला सम्पन्न गरेको हो
नेपाल सरकार र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको लगानीमा सुरु भएको आयोजना त्रियुगा नगरपालिकामा पनि संचालनमा छ । पञ्च वर्षीय आयोजनाले गरिब तथा विपन्न परिवार र तिनका सदस्य, आप्रवासी कामदार एवं वैदेशिक रोजगारीबाट स्वदेश फर्किएकालाई ग्रामीण क्षेत्रमा लघु, साना तथा मझौला उद्यम सञ्चालन गरी दिगो आम्दानीको स्रोत सुनिश्चित गर्ने उदेश्यले आयोजना संचालन गरिएको त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेतले बताउनु भयो ।
समृद्धि’ आयोजनाले स्थानीय युवालाई विभिन्न स्वरोजगार मूलक तालिमहरू दिने स्वरोजगार बनेर केही गर्न चाहने युवाहरूलाई लगानीको बाताबरण सिर्जना गर्ने बिषयमा योजनाले काम गरिरहेको नगर प्रमुख बस्नेतले जानकारी दिनु भयो ।
पञ्च बर्षीय योजनाले युवा तथा महिलाहरू कृषि तर्फ आकर्षित हुने, स्थानीय स्तरमा रोजगारीका अवसरहरू सिर्जना हुने र सानो भूमि स्वामित्व भएको किसानहरूको आर्थिक क्रियाकलाप र जीविकोपार्जनको स्तर माथि उठाउने आयोजनाबाट अपेक्षा गरिएको छ ।