त्रियुगाका भूमिहीनलाई जग्गा उपलब्ध गराउन निस्सा वितरण सुरु

Logo
आइतबार, फाल्गुण २०, २०८०

गाईघाट : उदयपुरको सदरमुकाममा रहेको त्रियुगा नगरपालिकाले ऐलानी जग्गाको निस्सा (ऐलानी, प्रति जग्गा उपभोग गरिरहेको प्रमाण) वितरण सुरु गरेको छ। नगरपालिकाले वडा नम्बर ३ बाट स्थानीयले भोगचलन गर्दै आएको ऐलानी जग्गाको निस्सा वितरण सुरु गरेको हो।

सदरमुकामको पालिका भए पनि यहाँ २५ हजार बढी घरपरिवारको जग्गा ऐलानी छ। यहाँका स्थानीयहरू ऐलानी जग्गाको जग्गाधनी पुर्जा नहुँदा घरनक्सा पास, बैंकिङ कारोबार र बिक्री वितरण गर्न नपाउने जस्ता समस्या झेल्दै आएका थिए।

नगरपालिकाका प्रमुख बसन्त बस्नेतले स्थानीयलाई निस्सा वितरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए। निस्सा वितरण कार्यक्रमलाई शुभकामना दिदै प्रमुख बस्नेतले राष्ट्रिय भूमि आयोगको अनुसूची २ बमोजिम वडा कार्यालयबाटै ऐलानी जग्गाको निस्सा वितरण सुरु गरिएको बताए ।  यसै क्रममा उनले ऐलानी, पर्ती जग्गा कैयौं वर्षदेखि उपभोग गर्दै आए पनि लालपूर्जाबिहीन स्थानीयवासीहरु जग्गाको मालिक बन्ने पहिलो प्रक्रिया सुरु भएको बताए।

निस्सा पाउने भूमिहीनलाई वडा कार्यालयले ऐलानी तथा प्रति जग्गा पहिचान गरेर भूमि आयोगलाई जानकारी दिएपछि नाप–जाँच गरेर लालपूर्जा वितरण गरिने वडा अध्यक्ष तिलक कटुवालले जानकारी दिए। अध्यक्ष कटुवालका अनुसार अहिले वितरण गरेको निस्सा स्थानीयले के कति ऐलानी, पर्ती जग्गा उपभोग गरिरहेका छन त्यसको प्रमाण भएको र त्यसैका आधारमा पछि जग्गाको नाप, नक्सा र लालपुर्जा यहि निस्साको आधारमा हुने छ ।

वडा नम्बर ३ मा मात्र ऐलानी जग्गाको निस्सा पाउनेको संख्या २ हजर २ सय ६० रहेको छ। जसमा सुकुम्बासी र जग्गा बिहिनको संख्या  ५७ रहेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry