गाईघाट बजारका माछा, मासु र दुध पसलमा अनुगमन

Logo
आइतबार, फाल्गुण २०, २०८०

उदयपुर । बजारमा अस्वस्थकर माछा, मासु, र दुधको कारोबार हुने गुनासो आएपछि उदयपुर सदरमुकाम गाईघाट बजारका दुग्ध डेरी, माछा र मासु पसलको अनुगमन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र त्रियुगा नगरपालिकाले संयुक्त रुपमा गाईघाट बजारका दुई दर्जन पसलहरुमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा दर्ता विना तथा मापदण्ड विपरित संचालित मासु पसललाई पहिलो पटकको लागि सचेत गराईएको छ । केही व्यवसायीलाई बिक्रीस्थल सफा राख्न, बिक्रीका लागि राखिएका माछा–मास खुला नराख्न, कुनै पनि निकायमा दर्ता नभएका पसललाई तुरुन्त दर्ता गर्न, ढक–तराजु र काँटा दुरुस्त राख्न सुझाव दिइएको त्रियुगा नगरपालिकाका नगर उपप्रमुख महेश्वरी राईले बताउनु भयो ।

नगरभित्रका मासु पसलमा सरसफाइ, दर्ता, पान नम्बर लिए–नलिएको लगायत बिषयमा अनुगमन गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरले जनाएको छ । गाईघाटका दुध डेरीहरुले दुध ढुवानी गर्न प्रयोग गर्ने प्लाष्टिकको क्यान सरकारले प्रतिबन्ध लगाएकाले आगामी दिनमा प्रयोग नगर्न निर्देशन दिईएको छ ।

नगरपालिकाको बजार अनुगमन समितिकी संयोजक उपप्रमुख राईको नेतृत्वमा गरिएको अनुगमन टोलीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य सघ, कृषि ज्ञान केन्द्र, पत्रकार महासघ लगाएतका संस्थाको प्रतिनिधित्व रहेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।