संशोधित योजना तथा कार्यक्रमलाई सर्वसम्मत र आज सम्म भएका योजना तथा कार्यक्रमको समिक्षा गर्दै त्रियुगाको १२ औं नगर सभा सम्पन्न

Logo
मंगलबार, फाल्गुण २२, २०८०

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकाको १२  औं नगरसभा मंगलबार सम्पन्न भएको छ । नगरसभाले आफ्नो कार्य सुचिमा रहेका एक दर्जन बिधेयक नीति तथा कार्यबिधी सर्वसम्मत रुपमा पारित गरेको छ ।  बिधायक सभाको रुपमा हेरियको १२ औं नगरसभाको मूल उदेश्य संसोधित पुरक बजेट र ११ औं नगरसभाले पारित गरेका नीति तथा कार्यक्रमलाई कार्यन्वयन र भावी कार्यदिशा बनाउने रहेको त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले बताए ।

नगरपालिकाकाको सभा हलमा भएको कार्यक्रममा योजनाहरुको संशोधित योजना तथा कार्यक्रम सभाले सर्वसम्मत रुपमा पारित गरेको छ । नगर प्रमुख बस्नेतका अनुसार ११ औं नगरसभाले चालु आ.व.को लागि प्रस्तुत गरेको कुल बजेट तथा कार्यक्रमहरु अनुमान गरे अनुसारको कुल राजश्व लक्ष्य अनुसार संकलन हुन नसकेको र अन्तराष्ट्रिय आर्थिक मन्दीले ल्याएको समस्यालाई दृष्टिगत गरि चालु आ.व.को नीति तथा कार्यक्रमलाई संसोधन गरिएको छ।

आफु निर्वाचित भएर आएको दुई वर्षा नपुग्दै नगरपालिकाले स्वास्थ्य र शिक्षामा ठुलो प्रगति गरेको नगर सभालाई सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले बताए।  नगरपालिकाको बार्षिक १ करोड बढि आर्थिक र मानवीय सहयोगमा जिल्ला अस्पताललाई अहिलेको अवस्थामा ल्याउन सकिएको र जोगीदह, देउरी, चुवाडे, साउने, रानीबास र चिलाउनेमा रहेका स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गर्दै आधारभूत अस्पतालको रुपमा बिकाश गरिने नगर प्रमुख बस्नेतले उल्लेख गरे ।

शिक्षाको गुणस्तरीयतालाई ध्यान दिदै विद्यालयका दरबन्दी मिलान गरि प्राय सवै बिद्यालयमा अंग्रेजी माध्यम र नेपाली माध्यम दुवै बाट पठनपाठन को व्यवस्था मिलाइएको र हप्ताको एक दिन बुक फ्री डे घोषणा गरेर वालवालिकालाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउदै शिक्षाको सर्वाङ्गिन बिकासमा जोड दिइएको प्रमुख बस्नेतले बताए । नगरभित्रका १६ वटै वडालाई समेटेर ऐतिहासिक,धार्मिक,सामाजिक, सांस्कृतिक, स्थानीय सीप र प्रविधि, पुशपालन र अन्य विविधि विषयहरूलाई समेटर स्थानीय पाठ्यपुस्तक तयार पारी पठनपाठन शुरु गरिएको प्रमुख बस्नेतले बताए ।

नगर सभामा नगर प्रमुख बस्नेतले प्रस्तुत गरे अनुसार भौतिक पूर्वाधार तर्फ सरस्वती खोलामा ट्रस पुल निर्माण सम्पन्न, खारखोलामा झोलुङ्गे पुल सम्पन्न, शाही खोलामा पक्की पुल र बरुवा डहर झोलुङ्गे पुल निर्माणाधीन र विश्वबैंकको लगानीमा बन्ने १५.५ किलोमिटर सडकको ठेक्का प्रक्रिया सकी मुल्याङ्कनको प्रक्रियामा रहेको, ५२ किलोमिटरको त्रियुगा रिङरोड  (लिङ्क रोड) र जोगीदह रिङ रोडको सुभारम्भ भएर निर्माणाधीन अवस्थामा रहेको छ । आफ्नो ५ बर्षे कार्यकालमा नगरपालिका भरि प्रमुख राजमार्ग छाडेर १ सय किलो मिटर सडक कालोपत्रे गरि सक्ने योजना बनाएको नगर प्रमुख बस्नेतले बताए।

मानवीय बिकासका लागि नगरपालिकाले विपन्न, असाहाय र अशक्तहरुलाई आर्थिक सहयोग देखि सडक मानवहरुको उद्धार र अपांग, बालबालिका र वृद्धवृद्धाहरुको संरक्षणका लागि फरक फरक भवनहरु निर्माणधीन अवस्थामा रहेको नगर प्रमुख बस्नेतले बताए ।

नगरसभालाई सम्बोधन गर्दै उपप्रमुख महेश्वरी राइले नगरको बिकास र समृद्धिलाई साझा स्वार्थ बनाउनुपर्ने र नगरसभाले नगरको सुशासन पारदर्शिता र समुन्नतिका अधार प्रस्तुत गर्ने बताइन । त्रियुगा नगरबासीको सम्मानयुक्त जीवन यापन, असल शासन, पारदर्शिता, जवाफदेहिता, सरल सहज छिटो र प्रभावकारी सेवा प्रवाह, नितिगत तथा संस्थागत क्षमता बिकास, स्रोत साधनको समुचित ब्याबस्थापन, सामाजिक रुपान्तरण, समन्वय सहकार्य र साझेदारी लगायतका बिषयमा आउदा दिनमा सम्पूर्ण सरोकारवाला हरु सँग छलफल र अन्तरक्रिया गर्दै अगाडी बढ्ने उपप्रमुख राईले जानकारी दिइन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।