त्रियुगा नगरपालिका ५ देउरीमा नव निर्मित वडा कार्यालय भवनको उद्घाटन

Logo
बुधबार, फाल्गुण २३, २०८०

गाईघाट ।  त्रियुगा नगरपालिका वडा नम्बर ५  को वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । वडा कार्यालय भवनको बुधबार एक कार्यक्रम गर्दै नगर प्रमुख बसन्त कुमार बस्नेतले  उद्घाटन गर्नुभएको हो ।

नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै नगर प्रमुख बस्नेतले जनताका सेवा र सुविधाका निम्ति वडा कार्यालयको आफ्नै भवन हुनुपर्ने बताउनु भयो । जनताले नगरपालिका सम्म आउनु पर्ने बाध्यतालाई कम गर्दै वडा कार्यालयमा बाटै मालापोत राजश्व बुझाउन मिल्ने र वडाको योजनाका लागि प्राविधिक समेत प्रत्यक वडामा खटाएकाले वडा कार्यालयको भवन आफ्नै हुन् पर्ने बताउनु भयो ।

नगरप्रमुख बस्नेतले १६  वटा वडा कार्यालयहरु मध्य अधिकांस वडाको भवन निर्माण सम्पन्न भइसकेको बताउनु भयो । ‘वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन सक्दैन,’ नगरप्रमुख बस्नेतले भन्नू भयो, ‘त्यसैले पूर्वाधार निर्माण प्राथमिकतामा पारेका हौं।’

सभाहल सहित ५ कोठा रहेको भवनमा मालपोतको राजश्व, प्रशासन, वडा अध्यक्ष सहित जनप्रतिनिधि र वडा प्राविधिकलाई एक एक कोठा पुग्ने गरि वडा भवन निर्माण गरिएको वडा अध्यक्ष उद्धब थापाले बताउनु भयो  । पुरानो भएर चर्किएको भवन बाट सेवा प्रवाह  गर्दै आएको कार्यालयले बुधबार बाट नयाँ भवन बाट सेवा दिन थालेको अध्यक्ष थापाले जानकारी दिनु भयो।

उद्घाटन कार्यक्रममा उप प्रमुख महेश्वरी राई, प्रमुख प्रशासकीय अधिकृत बिष्णु भक्त सिग्देल, वडा नं ३ का वडा अध्यक्ष तिलक कटुवाल, वडा नं ४  का वडा अध्यक्ष बद्रि बस्नेत र वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।