उदयपुरमा बोलेरो दुर्घटनामा चालकसहित ७ जनाको मृत्यु (मृतकको परिचय सहित)

Logo
बिहिबार, चैत्र ०१, २०८०

 उदयपुर ।  उदयपुरको बेलका ७ बाखाकुवा भन्ने स्थानमा भएको बोलेरो जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ७ पुगेको प्रहरीले जनाएको छ । को. १ ज २५९३ नम्बरको उक्त जिप बिहीबार बिहान करिब साढे १० बजेतिर उदयपुरको बेलका ७ बाट भोजपुर जोड्ने चुहार पुल पुग्न अघिको कच्ची सडकमा जिप दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनाका ज्यान गुमाउनेहरूमा जीप चालक रमेश बस्नेतसहित ३ जना पुरुष, ३ महिला र एक जना नाबालक छन । घटनास्थलबाट स्थानीयबासी र प्रहरीले अन्य ८ यात्रुको उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका छन । घाइतेहरूलाई सप्तकोसीमा चल्ने जेटबोटबाट चतरासम्म लगिएको थियो ।

धेरैजसो यात्रु भोजपुरको आमचोक गाउँपालिकाका बासिन्दा हुन सक्ने उद्धारमा खटिरहेका स्थानीय मिलन सुभारा जानकारी दिए । सुभाराका अनुसार जिपमा एकै घरका चार जना, सवारी चालक सहित १५ जना रहेका छन।

मृत्यु हुने हरुमा भोजपुर जिल्ला हतुवागढीकी २ बस्ने बर्ष ७० की पर्वत माया राई, सोही थाई बस्ने बर्ष २३ को चन्द्र प्रकाश राई, सोही स्थान बस्ने ६ महिने नावालक दिसंगा राई, भोजपुर जिल्ला हतुवागढी ९ बस्ने बर्ष ६८ को पदम बहादुर थापा, सोही स्थान ५ बस्ने बर्ष ३० की राम कुमारी राई र सुनसरी जिल्ला इटहरी बस्ने बर्ष अन्दाजी ४५ की कमला अधिकारी रहेका छन।

 

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।