कोशी प्रदेश समन्वय परिषदको सदस्यमा त्रियुगाका मेयर बस्नेत मनोनीत

Logo
बिहिबार, चैत्र १५, २०८०

उदयपुर ।  कोशी प्रदेश समन्वय परिषद्को सदस्यमा त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त कुमार बस्नेत मनोनीत हुनु भएको छ । स्थानीय तहका प्रमुख वा उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुख मध्येबाट मुख्यमन्त्रीले समन्वय परिषदमा सदस्य मनोनीत गर्ने व्यवस्था बमोजिम उदयपुरबाट नगर प्रमुख बस्नेत मनोनीत बन्नु भएको हो ।

प्रदेशमा मुख्यमन्त्रीकोे अध्यक्षतामा प्रदेश समन्वय परिषद् गठन हुने कानुनी व्यवस्था छ । परिषदमा हरेक जिल्लाबाट एकजना स्थानीय तहका प्रमुख वा उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुख मध्येबाट मनोनीत हुन्छन ।

परिषदमा आन्तरिक मामिला तथा कानून मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय पदेन सदस्य रहने व्यवस्था रहेको छ । समन्वय समितिले प्रदेश सरकार र स्थानीय सरकारबीच विकासका कामहरूमा साझेदारी गर्न, बजेट कार्यान्वयन गराउन र नीति निर्माण गराउन आवश्यक सुझाव लिने र दिने गर्छ ।

यस्तै, परिषद्ले प्रदेश सरकारलाई नीति निर्माण गर्ने आवश्यक सुझाव लिने काम गर्ने छ । यस्तै, परिषद्ले स्थानीय तहमा भएका नीतिगत समस्या समाधानका लागि प्रदेश सरकारलाई सुझाव दिने र लिने काम गर्छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।