नेपाली कांग्रेस उदयपुरले बैशाख ११ देखि २३ सम्म जागरण अभियान संचालन गर्ने

Logo
सोमबार, चैत्र २६, २०८०

उदयपुर । नेपाली कांग्रेस उदयपुरले जागरण अभियान संचालन गर्ने भएको छ । २०८१ बैशाख ११ गते देखि बैशाख २३ गते सम्म जिल्ला भरी जागरण अभियान चलाउने भएको हो ।

पार्टीबाट बिजयी भएका स्थानीय तहका जनप्रतिनिधिहरु सँग सम्वाद, सरकारविरुद्ध खबरदारी र पार्टी सुदृढीकरणका लागि कांग्रेसले जागरण अभियान सुरु गर्न लागेको हो ।

स्थानीय तहका जनप्रतिनिधिले गरेका राम्रा काम–कारबाहीलाई जनतामाफ लैजान र थप जिम्मेवार बनाउदै पार्टी संगठनलाई थप सुदृढीकरण गर्न  जागरण अभियान सुरु गरिएको नेपाली कांग्रेस उदयपुरले जनाएको छ ।

यस अघि नेपाली कांग्रेसले माघ १३–२६ सम्म ‘समुदायमा कांग्रेस’ अभियान संचालन गरेको थियो । कार्यक्रम संचालनकै दौरान पार्टीका केन्द्रीय सदस्य केसव बुढाथोकीको निधन पछि कार्यक्रम रोकिएको थियो । त्यसैले निरन्तरता स्वरुप कांग्रेसले जागरण अभियान शुरु गरेको हो ।

नेपाली कांग्रेस उदयपुर अहिले पहिलो पार्टीको रुपमा उदयपुरमा स्थापित छ । ८ स्थानीय तह मध्य ३ पालिकामा प्रमुख ४ पालिकामा उपप्रमुख र १ पालिका प्रमुख – उपप्रमुख विहिन छ ।

पहिलो पार्टी हुँदा हुँदै पनि पार्टीको आन्तरिक द्वन्दका कारण पार्टीमा लागेका कार्यकर्ताहरुले आफुलाई सुरक्षित महसुस गर्न नसकेको बताउदै आएका छन । जागरण अभियान संचालन गरेर आफुभित्रको तिक्तता मेट्न सके कांग्रेस उदयपुरको आउदो दिन सहज देखिन्छ भने आन्तरिक दुरि बढ्दै गए आउँदा दिनमा ठूलो पार्टी मरिच झै खुम्चिएर बस्न पर्ने अवस्था देखिन्छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।