गाईघाटबाट चल्ने लामोदुरीका सवारी साधनमा अनिवार्य जिपिएस र सिसिटिभी जडान गर्नु पर्ने

Logo
बिहिबार, चैत्र २९, २०८०

उदयपुर ।  उदयपुरबाट संचालन हुने लामो दुरीका सवारी साधनमा सिसिटिभी र जिपिएस अनिवार्य जडान गर्नु पर्ने उदयपुर प्रहरीले अभियान शुरु गरेको छ ।

यातायात व्यवसायी र ट्राफिक प्रहरीको सहकार्यमा दुर्घटना न्युनिकरणका लागि गाईघाटबाट चल्ने लामो दुरीका सार्वजनिक यातायातमा क्यामेरा र जिपिएस जडान गरिएको हो ।

हाललाई साना ठुला गरी ११ वटा सवारी साधनमा प्रबिधि जडान गरि शुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

‘सार्वजनिक यातायातमा प्रविधिको प्रयोग, जनधनको क्षति र दुर्घटना न्युनिकरणमा सहयोग’ भन्ने नाराका साथ सुरू भएको प्रविधि जडान गर्ने अभियान अन्तरगत जिल्लाका सबै प्रकारका यातायातका साधनमा जडान गरिने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनु भयो ।

सिसिटिभि जडान कार्यविधि २०७२ अनुसार व्यक्तिको स्वतन्त्रता र गोपनियतालाई मध्यनजर गर्दै यातायात व्यवसायीले  अपनाउनु पर्ने विशेष सतर्कता र सुरक्षा सम्बन्धी प्रहरी र यातायात व्यवसायी बिच समझदारी समेत भएको छ ।

प्रविधी जडान अभियानको आज एक समारोह बिच कोशि प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङ र त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्त कुमार बस्नेतले शुभारम्भ गर्नु भयो ।

जिपिएस र सिसिटिभि जडानले दुर्घटना नियन्त्रण हुने र सवारी साधन भित्र हुने हिंसा, अपराध जस्ता कार्य पनि न्यूनीकरण भएर जाने नगर प्रमुख बस्नेतले बताउनु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।