त्रियुगा नगर वडा स्तरीय क्रिकेट बुधबार बाट सुरु, ६ टिम मैदानमा

Logo
बिहिबार, बैशाख ०६, २०८१

उदयपुर । जिल्ला क्रिकेट संघको आयोजनामा त्रियुगा नगरपालिका वडा स्तरिय क्रिकेट प्रतियोगिता सुरु भएको छ। स्थानीय खेलाडीहरुको प्रोत्साहन, वडा स्तरबाट क्रिकेटको विकास गर्दै नगरस्तरीय टिम बनाउनका लागि प्रतियोगिता आयोजना गरिएको हो ।

उदयपुर जिल्लाको सदरमुकाम गाईघाट स्थित बरुवा खेलमैदानमा ६ टिम सहभागी भएका छन ।  त्रियुगा नगरपालिकाको प्रायोजनमा सुरु भएको प्रतियोगितालाई त्रियुगा नगर युवा तथा खेलकुद बिकास समितिले समन्वय गरेको छ ।

बुधबार देखी सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नं १० बिजयी भएको छ ।  यस्तै बुधबार नै भएको अर्को दोस्रो खेलमा वडा नं ११ बिजयी भएको छ। टि २० फर्म्याटमा खेलाइएको प्रतियोगितालाई  ब्याटिंग गर्दै त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले उद्घाटन गर्नु भएको हो ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा शुभकामना मन्तब्य दिनु हुदै नगरप्रमुख बस्नेतले खेलले वडाका खेलाडीहरुलाई प्रतिस्पर्धात्मक बनाउदै दक्ष बनाउन र खेलकुदबाट युवा खेलाडीहरुलाईअनुशासित बनाई भाईचाराको सम्बन्ध स्थापित गर्न मदत गर्ने भएकाले नगरपालिकाले खेलकुदलाई प्रथामिकतामा राखेर विभिन्न प्रतितोगिता गराउदै आएको बताउनु भयो ।

प्रतियोगिताको उद्घाटनमा वडा नं ११ का वडा अध्यक्ष सुमंत कोइराला र वडा नं १२ का कार्यवाहक अध्यक्ष अनिता थापाले नगर प्रमुख बस्नेतलाई बलिङ्ग गरेका थिए । प्रतियोगिता बैशाख ५ गते देखी बैशाख ८ गते सम्म संचालन हुने जिल्ला क्रिकेट संघका अध्यक्ष एल्विन बस्नेतले जानकारी दिनु भयो।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।