त्रियुगामा १२ मा क्रिकेट मैदानको शिलान्यास

Logo
बिहिबार, बैशाख १३, २०८१

उदयपुर ।  त्रियुगा नगरपालिकामा क्रिकेट मैदानको शिलान्यास गरिएको छ । त्रिनपा १२ स्थित त्रिबेणीमा नगर प्रमुख बसन्त बस्नेतले एक कार्यक्रम गर्दै बुधबार क्रिकेट मैदानको शिलान्यास गर्नु भएको हो । पहिलो चरणमा क्रिकेट मैदान सम्याउने र सामान्य पिचको नमुना तयार गर्ने योजना रहेको छ ।

क्रिकेट मैदानको शिलान्यास गर्दै नगर प्रमुख बस्नेतले क्रिकेटले नेपाललाई अन्तराष्ट्रिय स्तरमा धेरै चिनाएको उल्लेख गर्नु भयो। उहाँले क्रिकेटले नेपाल मात्र हैन नेपाल भित्रको उदयपुर जिल्ला पनि संसार चिनाउने उदेश्यले नगरपालिकाले क्रीकेट मैदान बनाउन पहल गर्दै शिलान्यास गरिएको बताउनु भयो ।

उदयपुरका क्रिकेट खेलाडी राष्ट्रिय टिममा नपरेको भए पनि राष्ट्रिय टिममा खेल्ने खेलाडीहरु संग ड्रेसिङ रुम शेयर गरि सकेको हुनाले उदयपुर क्रिकेटमा राम्रो सम्भावना भएको र त्यसलाई एक्स्पोज गर्नका लागि राम्रो क्रिकेट मैदान निर्माणका लागि आफु लागि परेर शिलान्यास गर्न सफल भएको र यसलाई पूर्णता दिन आफु प्रदेश र संघिय सरकार संग बजेट व्यवस्थापनका लागि परि रहने नगर प्रमुख बस्नेतले बताउनु भयो।

जिल्ला क्रिकेट संघले निर्माण समिति बनाएर क्रिकेट मैदानको काम अगाडि बढाएको अध्यक्ष एल्विन बस्नेतले जानकारी दिनु भयो । अहिले उअपलब्ध बजेटले मैदान सम्याउने र सामान्य पिचको नमुना तयार पार्ने काम सम्म पुर्याउने लक्ष रहेको उहाँले बताउनु भयो।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।