त्रियुगा नगरपालिकाले गर्यो मनोमानी ढंगले शुल्क लिदै आएका बोडिङ स्कुलको शुल्क निर्धारण

Logo
शुक्रबार, बैशाख १४, २०८१

उदयपुर । त्रियुगा नगरपालिकाले संस्थागत विद्यायललाई विद्यार्थीसँग लिने शुल्क निर्धारण गरि दिएको छ । त्रियुगा नगर पालिकाका  प्रमुख वसन्त कुमार बस्नेतकोको अध्यक्षतामा बसेको शुल्क निर्धारण समितिको बैठकले संस्थागत बिद्यालयको बर्गीकरण गर्दै शुल्क निर्धारण गरेको हो ।

विभिन्न ५ बिषयको मापदण्ड बनाएर बिद्यालयलाई स्वमुल्याङकन गरि आफ्नो बिद्यालयको आफैले वर्गीकरण गर्न पाउने गरि शुल्क निर्धारण समितिले निर्णय गरेको छ । अहिले स्वमुल्यांकन गरेका बिद्यालयको नगरपालिकाले राखेका मापदण्ड पूरा गरेर आफ्नो बिद्यालयलाई वर्गीकरणमा राखेको हो या हैन भन्नेवारे नगर शिक्षा समितिले अनुगमन गरेर त्यसको भेरीफाई गर्ने नगर प्रमुख बस्नेतले बताउनु भयो ।

नगरपालिकाले अनुगमन गर्दा कक्षामा हुन पर्ने न्युनतम विद्यार्थी संख्या, विद्यार्थी र शिक्षकको अनुपात, अनुमती पत्र सहितको  शिक्षक, बिषयगत शिक्षक, नेपाल सरकारले तोके वमोजिमको शिक्षक वा कर्मचारीलाई पारिश्रमिक दिए नदिएको लगायतका मापदण्ड राखेर बिद्यालयलाई अहिले स्वमुल्यांकन गर्न दिइएको छ ।

बिद्यालयले स्वमुल्याकंन गर्दा पुर्याउने पर्ने मापदण्ड पूरा नगरि स्वमुल्याकंन गरेर शुल्क लिएको पाइएमा नगरपालिकाले बर्ग घटुवा गर्ने, दर्ता खारेजी र नेपाल सरकारको प्रचलित ऐन कानुन वमोजीम कारवाहि हुने प्रमुख बस्नेतले जानकारी दिनु भयो ।

नगरपालिकाले सम्पुर्ण तहगत भर्ना शुल्क, मासिक शुल्क, परिक्षा शुल्क र अन्य शुल्क लिन पाउने गरि तोकेरै संस्थागत बिद्यालयहरुलाई परिपत्र गरेको छ । यस अगाडि बिद्यालयहरुले आफुखुसी मनोमानी शुल्क लिदै आएका थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।