बिराम पर्दा उपचार गराउन जान समेत बञ्चित पात्ले र घनचक्रेका स्थानीय भालुपानी खोलामा पुल बने पछि हर्षित

Logo
मंगलबार, बैशाख १८, २०८१

उदयपुरको  त्रियुगा नगरपालिका वडा नं. ६ पात्ले भालुपानी खोलामा मोटरेवल पुलको निर्माण सम्पन्न भएको छ । करिव साडे दुई करोडको लागतमा निर्माण सम्पन्न भएको पुलको त्रियुगा नगरपालिका नगर प्रमुख वसन्त बस्नेतले  सोमबार उद्घाटन गर्नुभएको छ ।

सिङल स्पाम भएको २५ मिटर लामो पुल २०७८ साल देखि निर्माण शुरु गरिएको थियो । २ करोड ३३ लाख १० हजार २ सय १३ रुपैयामा अजय कन्ट्रक्सन लाहनले पुल निर्माण गरेको हो । त्रियुगा नगरपालिका वडा नं ६ पात्ले र घनचक्रेका ३ सय बढी घर परिवारलाई पुल निर्माण पछि सदरमुकाम गाईघाट आउन जान र अन्य स्थान जान आउन सजिलो भएको छ ।

पुल नहुँदा पात्ले र घनचक्रेका स्थानीय बासीन्दा बिरामीपर्दा समेत उपचार गराउन जान बाट बन्चित थिए ।  लाहान, सप्तरी, गाईघाट कुनै पनि ठाउँ जान उक्त खोलाले स्थानीयलाई कठीन पार्दै आएको थियो ।  पुल बनेर गाडी चल्न थाले पछि स्थानीय हर्षित भएका छन ।

पुलको उद्घाटन गर्दै प्रमुख बस्नेतले नगरपालिका कोशी प्रदेशकै भुगोलको हिसावमा ठूलो नगरपालिका भएकाले काम गर्नु पर्ने ठाउँ धेरै तर बजेट सिमित हुँदा सोचे र चाहे अनुसार काम गर्न नसकेको बताउनु भयो । प्रदेश र संघीय सरकार सँग हात जोडेर मागेर ल्याएर काम गर्नु पर्ने भएकाले प्राथमिकताको आधारमा योजना बनाएर नगरपालिकाले काम गर्दै आएको बताउनु भयो । उद्घाटन कार्यक्रममा उप प्रमुख महेश्वरी राई, प्रमुख प्रशासकीय अधिकृत बिष्णु भक्त सिग्देल, वडा अध्यक्षहरु तिलक कटुवाल, बद्री बस्नेत, उद्धव थापा, योगेन्द्र दाहाल र अम्वर बहादुर दनुवार उपस्थित थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।