घनचक्रेको इन्द्रावती आधारभुत बिद्यालयको दुई कोठे भवनको उद्घाटन

Logo
मंगलबार, बैशाख १८, २०८१

त्रियुगा नगरपालिका वडा नम्बर ६ को विकटगाँउ पात्ले र घनचक्रेका बालबालिकाका लागि घनचक्रेमा दुई कोठे विद्यालय भवन सोमबार उद्घाटन गरिएको छ । त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले इन्द्रावती आधारभुत बिद्यालयको दुई कोठे नवनिर्मित भवन उद्घाटन गर्नु भएको हो ।

जनता सँग मेयर कार्यक्रम र वडाको बजेट बाट भवनको निर्माण गरिएको हो । वडा नं ६ को अत्यन्तै विकट ठाउँ पात्ले घनचक्रेका बालबालिकालाई भवन नहुदा पठनपाठनमा समस्या पर्दै आएको थियो ।  भर्खरै स्थापना भएको बिद्यालयमा नगरपालिकाले दरबन्दी मिलान गरि एउटा दरबन्दी दिएको छ भने अन्य शिक्षकको लागि पालिकाकै अनुदानबाट बिद्यालय संचालन गर्दै आइएको छ ।

करिव ३ सय घर परिवार बसोबास गर्ने पात्ले घनचक्रेका स्थानीयका लागी राम्रो बिद्यालय तथा भवन नहुँदा त्यहाँका बालबालिकाले पठनपाठनका लागि टाढा धाउन पर्ने बाध्यता थियो । त्यही बाध्यता अन्त्यका लागि नगरपालिकाले बिद्यालय संचालनका लागि दरबन्दी दिनुका साथै अनुदान दिदै आएको छ ।

सोमबारै पात्ले घनचक्रेका वालवालिकालाई माथिल्लो कक्षामा पठनपाठन गर्न जान आउन प्रयोग हुने भालुखोलामा पुलको समेत उद्घाटन गरिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।