शुल्क निर्धारणलाई कार्यन्वयनमा ल्याउन जन दवाब, जनता भन्छन बोर्डिङले ढाड सेकाएका थिए थोरै राहत मिलेको छ

Logo
बिहिबार, बैशाख २०, २०८१

उदयपुर । संस्थागत बिद्यालयले मनोमानी ढंगले लिने शुल्क त्रियुगा नगरपालिकाले समायोजन गरि निर्धारण गरे पछि अभिभावकहरु भने अहिले नगरपालिकाको कदमको प्रशंसा गरिरहेका छन । वडा नं १२ का नीर बहादुर बुढाथोकी कक्षा १ र ५ मा आफ्नो छोरो भर्ना गराउन पिसजोन बोर्डिङ पुगे । अघिल्लो मासिक परिक्षा शुल्क सहित  उनले भर्ना शुल्क समेत गर्दा दुई बच्चाहरुको ३५ हजार भन्दा बढी शुल्क तिरे ।

३५ हजार बढी शुल्क तिरेर घर फर्किएका बुढाथोकीले नगरपालिकाले शुल्क निर्धारण गरेको खवर सुने पछि पंग्तिकारलाई कल गर्दै सुनाए “यो नगरपालिकाको गरेको निर्णाय कुनै पनि हालतमा कार्यन्ययन गराउनु है नत्र त नानीहरु पढाउन घर बेच्न पर्ने भयो ।”

वडा नं १२ कै अर्का द्रोण रेग्मी दुई बच्चाको एड्मिसन सहित पहिलेको शुल्क तिर्न पिस जोन बोर्डिङ पुगेका पुरानो बक्यौता सहित ३२ हजार बढी तिरेर घर आए ।  घर आएर नगरपालिकाले गरेको निर्णय देखाउदै पंक्तिकारलाई मेयरले गरेको अहिले सम्मको सवै भन्दा उचित निर्णय भएको सुनाए ।

प्याराडाइज बोर्डिङ पढाउदै आएका अर्का एक अभिभावक हातमा पत्रीका बोकेर नगरपालिकाले गरेको निर्णयको प्रशंसा गर्दै यस्ता जनमुखी निर्णय नगरपालिकाले गरे हामीले मेयर बालेनको कुरा अथवा प्रशंसा गर्न पर्दैन आफ्नै मेयरको प्रशंसा गर्ने उल्लेख गरे ।

प्याराडाइज बोर्डिङमा कक्षा २ मा आफ्नो बच्चालाई पढाउदै आएका निर्मल अधिकारी बार्षिक बिद्यालयलाई विभिन्न वाहनामा ५० हजार बढी तिर्दै आएको बताउछन । अहिले नगरपालिकाले गरेको शुल्क निर्धारणले बार्षिक ३० हजार तिर्दा पुग्ने अनुमान गरेका उनले नगरपालिकाले कुनै पनि हालतमा यो शुल्क निर्धारणलाई कार्यन्वयनमा ल्याउन पर्ने बताउछन ।

उनी भन्छन, “शिक्षा र स्वास्थ्यलाई नेपालमा पैसा कमाउने माध्यम बनाईयो, यो सेवा मुलक संस्था हुन पर्ने पैसा कमाउने धन्दा बनाइयो, यो हुनै पर्थ्यो भयो शुल्क निर्धारण गर्ने हिम्मत गरेकोमा मेयर सापलाई धेरै धेरै बधाई ।”

क्यानभासमा कक्षा ४ र १ मा आफ्ना बच्चा पढाउदै आएका बिकास थापा नगरपालिकाको निर्णय स्वागत योग्य भएको बताउछन । “नगरपालिकाले गरेको शुल्क निर्धारणले अब मन भएर पनि बोर्डिङमा बच्चा पढाउन नसकेका मध्यम बर्गिय नागरिकका लागि पनि बोर्डिङ पढाउन सकिने व्यवस्था मेयर सापले गरिदिनु भएको छ यो अहिले सम्मकै उत्कृष्ट निर्णय हो ।” उनले पंक्तिकार सँग भने ।

नगरपालिकाले गरेको निर्णयको समर्थन गर्दै सामाजिक सञ्जाल प्रयोग कर्ता सुरज थापा लेख्छन, ” टेवलमा बसेर गरेको निर्णय टेवलमा समाप्त नहोस स्वागत योग्य निर्णय यहो र आशाको केन्द्र बिन्दु निर्णय हो यसलाई कार्यन्वयन चाडो भन्दा चाडो गराउन तर्फ ध्यान जावस ।”

यस्तै कुमार अविरलले सामाजिक सञ्जालमा नगरपालिकाको निर्णयलाई समर्थन गर्दै शंसय व्यक्त गर्दै निर्णय भए पनि कार्यन्वयनमा नआए सम्म बिश्वास गर्न नसकिने धारणा व्यक्त गरेका छन ।

यस अगाडि त्रियुगा नगरपालिकाकै शिक्षा शाखाको प्रमुख भएर ब्यतित गरेका एक बहादुर राउत पनि नगरपालिकाले गरेको निर्णयमा सहमत देखीएका छन । उनले सामाजिक सञ्जालमा नगर प्रमुखको निर्णय स्वागत योग्य र सहि भएको धारणा ब्यक्त गरेका छन ।

वडा अध्यक्षहरुले समेत शुल्क निर्धारण समितिले गरेको निर्णयलाई समर्थन जनाएका छन । वडा नं १, ३, ४,५, ९,१३ र १४ का वडा अध्यक्षहरुले नगरप्रमुखको निर्णय स्वागत योग्य भएको र यसलाई कार्यन्वयनमा ल्याउने बताएका छन ।

यस अघि संस्थागत बिद्यालयहरुले मनोमानी ढंगबाट सुरुवाती कक्षा बाट २ हजार भन्दा माथी ४ हजार सम्म लिदै र थप अतिरिक्त शुल्क लिदै आएका थिए । नगरपालिकाले गरेको शुल्क निर्धारणले उनिहरुको निन्द्र बिगारेको छ । शिक्षा जस्तो बिषयलाई कमाई खाने भाँडो बनाएर संस्थागत बिद्यालय हरुले जनताका खुन पसिनाका पैसा लुट्दै आएका छन ।

सानो कलिलो दिमागमा बोर्डिङले जवरजस्ती थोपारेका पुस्तक र कपि बोकेर बोर्डिङ छिर्ने विद्यार्थीलाई कितावी ज्ञान भन्दा बाहिरी ज्ञान शून्य बनाएका हुन्छन । कक्षा दुईमा पढ्ने विद्यार्थीका लागि १० वटा बुक हुन्छन । कमसेकम ८ पब्लिकेसनका १० थरी बुकमा समेत बोर्डिङले कमिसन लिएका हुन्छन । पुस्तक पसलले एक रुपैया छुट दिदैनन तर पब्लिकेसनले पुस्तक बिक्रि गरे बापत र बोर्डिङले त्यो पब्लिकेसनको पुस्तक लिदिने सर्तमा कमिसनको खेल हुने गर्दछ ।

बोर्डिङ स्कुल विद्यार्थीलाई पढ्ने ठाउँ नभएर सुधारगृह जस्तो जवरजस्ती लाद्द्ने जस्तो ठाउँ बनाइएको छ । एक दर्जन किताब र एक दर्जन कपीको भारी बोकेर बोर्डिङ छिर्ने विद्यार्थी बोर्डिङबाट बाहिर निस्किदा मन भारी बनाएर निस्किन्छन । यसरी अभिभावक र विद्यार्थीलाई एकै साथ लुटिरहेका संस्थागत बिद्यालयको शुल्क निर्धारणले थोरै भए पनि अभिभावकलाई राहत मिलेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।