कोशी प्रदेशका १४ वटै जिल्लामा भेटेरिनरी अस्पताल स्थापना गरिने

कटारी अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा बिकास गर्दै ५० शैयाको अस्पतालमा वृद्धि
Logo
शुक्रबार, बैशाख २१, २०८१

उदयपुर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्री परिषद् बैठकले कोशी प्रदेशका थप ६ जिल्लामा भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ।

पशुपालन ब्यवसायलाई निर्बाहमुखी बाट ब्यवसायीकीकरण गरी दूध,फूल ,मासु, उन लगायतका पशुजन्य पदार्थको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन एवम् निर्यात गर्न सक्ने चरणमा पुर्याउने उदेश्यका साथ भेटेनरी अस्पताल स्थापना गर्ने निर्णय गरिएको बताइएको छ ।

प्रदेशलाई खोरेत, पिपिआर, स्वाइन फिवर, रानिखेत, एचएसबिक्यू लगायतका रोगबाट मुक्त कोशी प्रदेश बनाउने महत्वकांक्षी योजना बनाएर काम गरिएको जानकारी दिएको छ ।

उद्योग कृषि तथा सहकारी मन्त्रालयले स्थानीय सरकार संग हातेमालो गर्दै संघिय सरकार समेतको सहकार्यमा कोशी प्रदेशमा गाई-भैंसी,भेडा-बाख्रा, बंगुर, कुखुरा ,याक, चौरी लगायतका पशु पन्छीहरुको उत्पादन र उत्पादकत्व बढाउने योजना बनाएर काम गरिरहेको मन्त्री राम कुमार खत्रीले बताउनु भयो ।

यश अघि कोशी पदेशका इलाम, ताप्लेजुङ ,तेह्रथुम ,भोजपुर , खोटाङ र सोलुखुम्बु जिल्ला भेटेरिनरी अस्पताल बिहिन थिए।

यस्तै मन्त्रीपरिषद् बैंठकले कटारी अस्पताललाई (५०) शैयाको प्रादेशिक अस्पतालमा स्तरोउन्न्नती गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।