दिपक राई ‘दोर्पाली’ को स्मृतिमा फुटबल प्रतियोगिताको आयोजना

Logo
आइतबार, बैशाख २३, २०८१

उदयपुर । गत वर्ष निधन भएका दिपक राई ‘दोर्पाली’ को स्मृतिमा  ‘दिपक राई स्मृतिकप फुटबल प्रतियोगिता’को आयोजना गरिएको छ । साकेला युवा समुहले आयोजना गरेको प्रथम दिपक राई स्मृतिकप प्रतियोगिता शनिबार २२ गते देखि शुरु भएको हो ।

प्रतियोगिताको त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त कुमार बस्नेतले उद्घाटन गर्नु भएको छ । उद्घाटन कार्यक्रमलाई शुभकामना दिदै प्रमुख बस्नेतले दिपक राई अत्यन्तै राम्रो कुशल खेलाडी र सामाजिक व्यक्तित्व भएको र उहाँको सम्मान र सम्झनामा यो प्रतियोगिताको आयोजना हुनु अत्यन्तै गौरवपूर्ण र ऐतिहासिक भएको बताउनु भयो  ।

अहिले विभिन्न वहानामा समाजलाई विखण्डन गर्न खोज्ने तत्वहरु सकृय हुँदै गर्दा खेलको भावनाले सामाजलाई एक ठाउँमा ल्याउन सकिने हुँदा दिपक राई स्मृतिकप प्रतियोगिताले पनि समाजलाई एक ठाउँमा ल्याउन एउटा इट्टा थप्ने काम गर्ने प्रमुख बस्नेतले उल्लेख गर्नु भयो ।

यस्तै कार्यक्रममा खेलकुदले युवाहरुलाई अनुशासित र जिम्मेवार बनाउन मदत गर्ने भन्दै खेलकुद क्षेत्रमा लगानी गर्न वडा अध्यक्षहरुले सुझाव दिए । उद्घाटन कार्यक्रमम वडा अध्यक्ष सुमन्त कोइराला, किरण पान्डे र हेमराज मगरले शुभकामना मन्तव्य राखेका थिए ।

गत वर्ष दिपक राईको हृदय घातका कारण निधन भएको थियो । उनकै स्मृतिमा उहाँको परिवारले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा १० टिम सहभागी छन । बैशाख २९ गते शनिबार सम्म प्रतियोगिता सञ्चालन हुने छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।