त्रियुगाका संस्थागत बिद्यालयको मासिक शुल्क निर्धारण

Logo
मंगलबार, जेठ ०१, २०८१

उदयपुर । त्रियुगा नगरपालिकाले संस्थागत विद्यायललाई विद्यार्थीसँग लिने मासिक शुल्क निर्धारण गरेको छ । नगरपालिकाले पत्रकार सम्मेलन गर्दै संस्थागत बिद्यालयले लिदै आएको मनोमानी शुल्कलाई निर्धारण गरेको जानकारी गराएको हो । पालिकाले नगर क्षेत्र भित्र संचालनमा रहेका ४६ बिद्यालयलाई क ख ग र घ गरि ४ वर्गमा विभाजन गरि शुल्क निर्धारण गरेको जनाएको छ।

बिद्यालयको बर्गिकरण गर्दा कक्षामा हुन पर्ने न्युनतम विद्यार्थी संख्या, विद्यार्थी र शिक्षकको अनुपात, अनुमती पत्र सहितको  शिक्षक, बिषयगत शिक्षक, नेपाल सरकारले तोके वमोजिमको शिक्षक वा कर्मचारीलाई पारिश्रमिक दिए नदिएको लगायतका मापदण्ड राखिएको नगर प्रमुख बसन्त बस्नेतले बताउनु भयो ।

नगरपालिकाले राखेको मापदण्डमा सदरमुकाम समेत रहेको पलिकाका कुनै पनि संस्थागत बिद्यालय ‘क’ वर्गमा पर्न नसकेको र ‘ख’ वर्गमा पनि दुई वटा बिद्यालय मात्र परेको नगरपालिकाका प्रवक्ता तिलक कटुवालले जानकारी दिनु भयो । नगरपालिकाले तोकेको शुल्क हेरफेर गरेर ज्यादा लिएको पाइएमा वर्ग घटुवा गर्नुका साथै बिद्यालयलाई दिइएको अनुमति खारेज गर्ने समेत नगरपालिकाले जनाएको छ।

 

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।