८ टिम सहभागी उदयपुर जिल्ला ‘ए डिभिजन’ लिग शुरु

Logo
सोमबार, जेठ ०७, २०८१

उदयपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रम अनुसार उदयपुरमा जेठ ६ गते बाट १५ गतेसम्म जिल्ला ‘ए डिभिजन लिग’ फुटबल प्रतियोगिता शुरु भएको छ । जिल्ला फुटबल संघ उदयपुरको आयोजनामा जिल्लाको थारुहट खेलमैदानमा हुने जिल्ला लिगमा ८ वटा फुटबल क्लबहरुले सहभागिता जनाएका छन ।

राउन्ड एन्ड रोविनको आधारमा हुने लिगमा सहभागी भएका क्लबलाई दुई समूहमा बिभाजन गरी लिग गराइने भएको छ । जिल्ला लिगको विजेताले सिधै प्रदेशस्तरी लिग खेल्नेछ ।

ए डिभिजन जिल्ला लिगमा गाईघाट फुटबल क्लव, फ्यूजन फुटबल क्लव, फुटबल क्लव बगाहा, साथी समूह कटारी, बेल्टार एकता युवा क्लव, आदर्श युवा क्लव नेपालटार, लाली गुराँस नव युवा क्लव भागलपुर र नव प्रभात नेपाल पर्ताहा गरि ८ टिम रहेका छन ।

लिगको पहिलो खेल साथी समूह कटारी र फुटबल क्लव बगाहा बिच भएको छ । खेलमा साथी समूह कटारीले २ – १ गोल अन्तरले बगाह सँग जित निकालेको छ । जिल्ला लिगको उद्घाटनमा शुभकामना मन्तव्य राख्दै त्रियुगा नगरप्रमुख वसन्त बस्नेतले जिल्ला लिगमा जिल्लाकै मात्र खेलाडी खेलाइएको हुँदा उत्कृष्ट खेलाडी उत्पादन हुनेमा आफू विश्वस्त रहेको बताउनु भयो  । यस्तै खेलले युवाहरुलाई अनुशाशीत बनाउनुका साथै कुलतमा समेत फस्न नदिने हुँदा खेलकुदलाई नगरपालिकाले महत्वपूर्ण स्थान दिएको बताउनु भयो ।

प्रतियोगितामा बिजयी हुने टोलीलाई नगद ५० हजार सहित ट्रफी र प्रमाणपत्र रहेको छ दोस्रो हुने टोलीलाई नगद ३० हजार सहित ट्रफी र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा भाग लिन आउने टोलीलाई तयारी खर्च स्वरुप एन्फाले २० हजारका दरले उपलब्ध गराएको आयोजकले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।