गाईघाटमा अत्याधुनिक प्रविधि सहितको सुबिधा सम्पन्न अस्पताल संचालनमा

Logo
बिहिबार, जेठ १७, २०८१

गाईघाट । उदयपुरमा ५० बेडको अत्याधुनिक सुविधा सम्पन्न अस्पताल संचालनमा आएको छ । निजि क्षेत्रको २५ करोड बढी लगानीमा सघन उपचार कक्ष (आइसियु) र भेन्टीलेटर सहितको सुबिधा सम्पन्न अस्पताल सदरमुकाम गाईघाटमा संचालनमा ल्याइएको हो ।

अस्पतालले हाल विशेषज्ञ सेवा सहित २४ घण्टा आकस्मिक उपचार सेवा, २४ घण्टा फार्मेसी सेवा, सिटी स्क्यान, आईसियु, एनआईसियु, जनरल वार्ड, प्राइभेट वार्ड, आधुनिक शल्यक्रिया कक्ष, डेलीभरी वार्ड सञ्चालनमा ल्याएको छ ।

सर्वसाधारणले सुलभ मुल्यमा उपचार गराउन भन्ने भनेर अन्य बाहिरका अस्पताल भन्दा १० प्रतिशत कम मुल्यमा उनीहरुको भन्दा राम्रो सेवा सुबिधा दिने उदेश्यले अस्पताल संचालनमा ल्याएको अस्पतालका प्रवन्ध निर्देशक रमेश आचार्यले बताउनु भयो ।

प्रसुति तथा महिला रोग सेवा, बालरोग, नशा सम्बन्धि, हाड जोर्नी सम्बन्धि, बाथ रोग सम्बन्धि, यौन तथा छालारोग सम्बन्धि  विशेषज्ञहरुबाट अस्पतालले विरामीहरुलाई सेवा दिने बताइएको छ ।

उपचारमा भित्रिएका नयाँ अत्याधुनिक प्रविधि सहितको अस्पतालमा सिटिस्क्यान, एनआईसियु कक्ष, आईसियु कक्ष, भेन्टीलेटर कक्ष र आधुनिक ल्याब, एक्सरे सेवा संचालनमा ल्याइएको छ । निकट भविस्यमा नै न्युरो विशेषज्ञ सेवा संचालन गर्ने उदेश्य सहित संचालनमा ल्याइएको अस्पतालले अरु थप ५ करोड लगानी गरेर सो सुविधा उपलब्ध गराउने भएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।