हलेसी तुवाचुङको बेरुजु एक प्रतिशत भन्दा कम

Logo
आइतबार, जेठ २०, २०८१

काठमाडौँ । खोटाङका १० स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिकाको सबैभन्दा कम बेरुजु देखिएको छ । स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा सबैभन्दा धेरै ८६.७५ अंक ल्याएर उत्कृष्ट भएको नगरपालिका बेरुजुमा पनि उकृष्ट हुदै जिरो प्रतिशत भन्दा कम देखिएको हो।

महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार नगरपालिकाको कूल रकममध्ये ०.५२ प्रतिशत मात्र बेरुजु देखिएको छ । खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका रहेकोमा हलेसी तुवाचुङले सबैभन्दा कम बेरुजु एक प्रतिशत भन्दा तल राख्न सफल भएको हो ।

आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणमा जिल्लामा तुवाचुङ नगरपालिकाको सबैभन्दा कम बेरुजु भएको पाइएको हो । आव २०७९/८० मा नगरपालिकामा ८७ लाख २४ हजार रुपैयाँ बेरुजु देखिएको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।