प्याराग्लाईडिङलाई व्यवसायीक प्रवर्द्धन गर्न नगरपालिकाले दियो अत्याधुनिक प्याराग्लाईडिङ

Logo
बुधबार, जेठ २३, २०८१

त्रियुगा नगरपालिकाले प्याराग्लाईडिङलाई व्यवसायीक बनाउन अत्याधुनिक प्याराग्लाईडिङ खरिद गरेर हस्तान्तरण गरेको छ ।

नगरपालिकाका पर्यटन सल्लाहकार एवम प्याराग्लाईडिङका जानकार तथा पाइलट जितु रोइला मार्फत स्थानीय पाइलटरुलाई नगर प्रमुख वसन्त बस्नेतले हस्तान्तरण गर्नु भएको हो ।

प्याराग्लाईडिङ उडानका लागि नगरपालिकामा भएका सम्भाव्य  स्थलहरुको खोजी गर्दै प्याराग्लाईडिङलाई व्यवसायीकरण गर्न अत्याधुनिक प्याराग्लाईडिङ खरिद गरि हस्तान्तरण गरिएको नगर प्रमुख बस्नेतले बताउनु भयो ।

शाहसिक खेलको रुपमा चिनिने प्याराग्लाईडिङ हाल सम्म त्रियुगा नगरपालिका स्थित वडा १० नव उदय सामुदायक बन राते डांडाबाट २ सय बढी परिक्षण र व्यवसायीक उडान गरि सकिएको छ ।

टेन्डम (डवल) र सोलो (सिङल) गरि २ सय बढी परिक्षण र व्यवसायीक सफल उडान गरिएको पालिकाका सल्लाहकार तथा पाइलट रोइलाले जानकारी दिनु भयो ।

हाल त्रियुगा नगरपालिकामा ६ जना सोलो पाइलट रहेको र उनिहरु मार्फत त्रियुगा नगरपालिकाका प्याराग्लाईडिङ उडान गर्न सक्ने सम्भाव्य क्षेत्रको खोजी गरि उडान गर्ने रोइलाले बताउनु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।