ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्धको विश्व सचेतना दिवस उदयपुरमा मनाईयो

Logo
आइतबार, आषाढ ०३, २०८१

उदयपुर । उदयपुरका ज्येष्ठ नागरिकहरुले ज्येष्ठ नागरिक दुब्र्यवहार बिरुद्धको विश्व चेतना दिवस मनाएका छन् । ज्येष्ठ नागरिक कल्याण सामाज उदयपुरको आयोजनामा १९ औं ज्येष्ठ नागरिक प्रति गरिने दुर्व्यवहार बिरुद्धको दिवस मनाएका हुन ।

संयुक्त राष्ट्र संघले सन् २००६ देखि यो दिवस मनाउन थाले पनि नेपालका गैह्रसरकारी निकाय ज्येष्ठ नागरिकहरुको छाता संगठन राष्ट्रिय ज्येष्ठ नागरिक महासँघले सन् २०१२ देखि यो दिवस मनाउन थालेको हो ।

कार्यक्रमका प्रमुख अतिथि त्रियुगा नगरपालिकाका प्रमुख वसन्त बस्नेतले शुभकामना मन्तव्यमा ज्येष्ठ नागरिकसँग वर्षौंको परिश्रम र अनुभवबाट आर्जित ज्ञानको भकारी  रहेको भन्दै सामान्य जीवन जिउने तरिकादेखि कृषि, पूर्वाधार, शैक्षिक, व्यवस्थापकीय आदि ज्ञान र अनुभव रहेको हुँदा ज्येष्ठ नागरिक सिंङो पुस्तकालय समान भएको बताउनु भयो ।

ज्येष्ठ नागरिक परम्परा, चलन र सांस्कृतिका वाहक रहेको उल्लेख गर्दै प्रमुख बस्नेतले ज्येष्ठ नागरिकको सम्मान गर्नु भनेको समाजको सांस्कृतिक संरचनालाई सम्मान र संरक्षण गर्नु एकै भएको बताउनु भयो ।

त्रियुगा नगरपालिकाको सहकार्य र सहयोगमा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकहरुले विभिन्न सम्पतीका नाममा ज्येष्ठ नागरिकहरुलाई दुर्व्यवहार गरिने गरेको बताएका थिए  । कार्यक्रममा जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मी, प्रहरी नायव उपरिक्षक राजन चापागाईले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry