पहिरोले खुर्कोट घुर्मी सडक अवरुद्ध

Logo
बुधबार, आषाढ ०६, २०८१

उदयपुर । मध्यपहाडी लोकमार्ग अन्तर्गत खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध भएको छ। सडक माथिबाट खसेको पहिरो र बगेर आएको लेदोले बुधबार विहानबाट ठाउँ–ठाउँमा सडक अवरुद्ध भएको हो ।

गोलञ्जोर गाउँपालिका– ६ हैबारबेंसी नजिकको अक्करेभिर, गोलञ्जोर–१ कुडुले, फिक्कल गाउँपालिका–२ सुम्नामबेंसी लगायतका क्षेत्रहरुमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले जानकारी दिए ।

काफ्लेका अनुसार खुर्कोटबाट पूर्वतर्फको सडकखण्ड अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन तथा यात्रुहरु अलपत्र परेका छन । गोलञ्जोर–१ कुडुलेमा प्र-२–०३–००१ख७१४४ नम्बरको ट्रक माथिबाट बगेर आएको लेदोले पुरिएको छ।

सडक अवरुद्ध भएको क्षेत्रमा स्थानीय सरकार र प्रहरी पुगेका छन्। जेसिबीको सहयोगमा पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरी उपरिक्षक काफ्लेले बताए।

सडक अवरुद्ध भएपछि काठमाण्डौबाट खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र भोजपुर आउने यात्रु तथा सवारी साधन बाटोमा अलपत्र परेका छन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।