कोशी प्रदेशस्तरीय ट्राफिक सप्ताह सुरु

Logo
बिहिबार, आषाढ ०७, २०८१

उदयपुर । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ कोशी प्रदेश स्तरीय ट्राफिक सप्ताह आज विहिवारदेखि सुरु भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी  सुनसरी आयोजना र जिल्ला प्रहरी कार्याललय उदयपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको सहकार्यमा सप्ताहव्यापी कार्यक्रम सुरु भएको हो ।

प्रदेश भित्रका १४ जिल्लाका ट्राफिक कार्यालयहरुमार्फत सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको हो । कोशी प्रदेशकै सबैभन्दा बढि सवारी दुर्घटना हुने उदयपुरमा सवारी दुर्घटनालाई घटाउन तथा ट्राफिक सचेतना अभिवृद्धि गर्न सप्ताहको आयोजना गरिएको जिल्ला ट्राफिक कार्यालय उदयपुरले जनाएको छ ।

ट्राफिक सप्ताहको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका प्रमुख बस्नत बस्नेतले ट्राफीक नियम सबैले पालना गरे सवारी दुर्घटना कम हुने भन्दै ट्राफिक सप्ताह कार्यक्रम प्रवाभकारी भएको बताउनु भयो । उदयपुरमा चल्ने सवारी संख्या र सडकको अनुपातमा ट्राफिक प्रहरीको जनशक्ति निकै कम भएकोले उदयपुरमा दुर्घटना बढेको र त्यसलाई न्यूनीकरण गर्न नसकिएको प्रमुख बस्नेतले बताउनु भयो ।

चालकले आफनो सुरक्षामा कसरी ध्यान दिने र यात्रुहरुलाई गन्तव्यसम्म कसरी सुरक्षित यात्रा गराउने भन्नेबारे चेतना र जानकारी दिने सप्ताहको उदेश्य का साथ अभियान गुरु गरको प्रमुख जिल्ला अधिकारी हरी प्रसाद घिमिरेले बताउनु भयो ।

कार्यक्रममा उदयपुरका सुरक्षा निकायका प्रमुखहरु  नागरीक समाज, शिक्षक तथा बिध्यार्थी लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।