हलेसी तुवाचुङको आव २०८१/८२ को वार्षिक बजेट रु ८२ करोड २८ लाख ३३ हजार बढी

Logo
मंगलबार, आषाढ १२, २०८१

उदयपुर । खोटाङकोे हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रवार नगरका प्रमुख बिमला राईले नगरको नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको  हो ।

नगरपालिकाको १५ औँ नगरसभाले ८२ करोड २८ लाख ३३ हजार ३०० बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि उपप्रमुख रमेश राउतले चालुतर्फ ४५ करोड १४ लाख २१ हजार, पुँजीगतमा २३ करोड ६४ लाख १२ हजार ३०० र सामाजिक सुरक्षातर्फ १३ करोड ५० लाख बजेट प्रस्तुत गर्नुभएको हो ।

भौतिक पूर्वाधारतर्फ ६ करोड ४६ लाख २० हजार, सामाजिक विकासतर्फ ४ करोड ६० लाख ७५ हजार, आर्थिक विकासतर्फ २ करोड २ लाख, सुशासन तथा संस्थागत विकासमा ६१ लाख ८७ हजार ३०० बजेट विनियोजन भएको छ ।

यस्तै, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ६४ लाख ३० हजार विनियोजन गरिएको नगरपालिकाले जनाएको छ। नगर प्रमुख राईले आर्थिक विकास तथा गरिबी निवारणमा योगदान पुर्‍याउने, उत्पादन तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जनताको जीवनस्तर, आम्दानी र रोजगारी वृद्धि गर्ने, स्थानीय स्रोत र सीपको अधिकतम प्रयोग गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

नगरबासीको सम्मानयुक्त जीवनयापन, असल शासन, पारदर्शिता, जवाफदेहिता, सरल, सहज, छिटो र प्रभावकारी सेवा प्रवाह, स्रोत साधनको समुचित ब्याबस्थापन, सामाजिक रुपान्तरण लगायतका विषयलाई प्राथमिकतामा राखिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।