

उदयपुर । प्रथम उपाधि जितेर आएको टोलीलाई त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले स्वागत तथा धन्यबाद दिनु भएको छ । क्षिरेश्वरनाथ नगरपालिका धनुषा द्वारा आयोजित प्रथम मेयर गोल्ड कप-२०८१ को उपाधी जितेर फर्किएको गाईघाट फुटबल क्लवको टोलीलाई आफ्नै कार्यकक्षमा स्वागत तथा शुभकामना दिनु भएको हो ।
८ टोली सहभागी प्रतियोगितामा गाईघाट सहित राष्ट्रिय स्तरका बि डिभिजन लिग खेलेका क्लवहरुलाई समेत हराउदै गाईघाटले उपाधी हात परेको थियो । आयोजक धनुषा ११ ले ३ बिदेशी खेलाडी समाबेश गरेर खेलेको खेलमा गाईघाट फुटबल क्लवले १-० ले हराउदै उपाधी जितेको हो ।
नगर पुरस्कार १ लाख ५० हजार पाएर उदयपुर गर्किएको फुटवल टोलीलाई शुभकामना दिदै प्रमुख बस्नेतले खेलकुदलाई नगरपालिकाले यथेष्ट लगानी गरि रहेको र आउदा दिनमा पनि खेलकुद क्षेत्रका विभिन्न संरचना बनाउन नगरपालिकाले बजेटको व्यबस्था गरेको बताए । कुलतमा फसेका मानिसलाई फर्काउन र युवाहरुलाई अनुशासित बनाउन खेलकुद क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने हुँदा सवैले खेलकुद क्षेत्रलाई साथ र सहयोग गरिदिन आग्रह गर्नु भयो ।