बरुवा कटान रोक्न श्रमदानका लागि नगरपालिकाको अनुरोध

Logo
बुधबार, आषाढ २७, २०८१

उदयपुर । बरुवा नदीमा आएको बाढीले सदरमुकाम गाईघाट बाढीको उच्च जोखिममा परे पछि अस्थाई बाँध निर्माण गर्न नगरपालिकाले शुरु गरेको छ । त्रियुगा नगरपालिका–११ ढिम्की स्थित पिकनिक स्पोर्ट नजिकै बरुवा नदीले बाँध भत्काएर कटान सुरु गरि नदि गाईघाट बजार प्रवेश गर्ने भए पछि नगरपालिकाले उक्त क्षेत्रमा बाँध बाध्ने भएको हो ।

नगरपालिकाले अस्थाई बाँध निर्माण गर्न सम्पूर्ण नगराबासीमा असार २६ गते बिहान ७ बजे देखी उक्त कटान क्षेत्रमा पुगेर श्रमदान गर्न आह्वान गरेको छ । नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले गर्नु भएको आह्वानमा नगरपालिकाको सम्पूर्ण स्रोत साधन प्रयोग गरिएको भएता पनि जनशक्तिको अभावमा बाँध बाध्न ढिलाई हुँदा जोखिम बढ्ने भएकाले एक दिन श्रमदान गरि सम्भावित जोखिमलाई रोक्न आग्रह गरिएको छ।

असार २५ गते रातभरिको वर्षाले उर्लेको बाढीले बिहानदेखि उक्त क्षेत्रमा कटान शुरु गरेको थियो । नदीले कटान गर्न थालेको थाहा पाए संगै नगर प्रहरी परिचालन गरि उक्त कटान क्षेत्रमा अस्थाई बाँध लगाउन शुरु गरिएको भएता पनि नदिएको बहाब नघट्दा बाँध लगाउन सकिएको छैन ।

नगर प्रहरी, स्थानीय, नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको संयुक्त टोलीले नदीको कटान रोक्ने प्रयास गरेता पनि सम्भव नभए पछि नगर प्रमुख बस्नेतले असार २६ गते बिहान ७ बजे बाट श्रमदान गरि नदि नियन्त्रणको कार्यमा जुट्न आग्रह गर्नु भएको हो।नदीले कटान गरेको क्षेत्रमा समयमै बाँध पुनः निर्माण नगरे पुरै बजार उच्च जोखिममा पर्ने छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।