बरुवा नदीको बाँध बगाएर कटान शुरु गरेपछि गाईघाट बजार उच्च जोखिममा

Logo
बुधबार, आषाढ २७, २०८१

उदयपुर । असार २५ गते आएको अविरल बर्षाका कारण बरुवा नदिमा आएको बाढीले बाँध भत्काएर कटान गर्दा उदयपुरको सदरमुकाम गाईघाट बजार उच्च जोझिममा परेको छ । बिहान देखि आएको अविरल बर्षाले बरुवा नदिमा बाढी आउदा त्रियुगा नगरपालिका ११ स्थित धिम्की पिकनिक स्पोर्टमा लगाएको बाँध भत्काएर कटान सुरु गरे पछि गाईघाट बजार उच्च जोखिममा परेको हो ।

नदिमा आएको बाढीले बाँध भत्काएर कटान गर्दै बजार क्षेत्र प्रवेश गर्न खोजे पछि अस्थायी बाँध निर्माण गरि नदिको कटानलाई रोक्ने प्रयास गरिएको भय पनि अहिलेसम्म सकिएको छैन । नदिले कटान गरि बजार क्षेत्र प्रवेश गरेमा गाईघाट बजार क्षेत्रका २० हजार बढी घर परिवारका एक लाख बढी मानिस प्रभावित हुने खतरा बढेको छ । उक्त क्षेत्रमा कटान गरी नदि बजार क्षेत्र प्रवेश गरे सदरमुकाम गाईघाटको त्रियुगा नगरपालिका वडा नं ११, १२ र १३ का अधिकांश घर डुवानमा पर्नुका साथै नदिले बगाउने निश्चित छ   ।

त्रियुगा नगरपालिकाका विपत व्यवस्थापन मार्फत तार जाली ल्याएर नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको मदतमा अस्थायी बाँध निर्माण गरि बाँध बाध्ने कोसिस गरेपनी पानीको वहाव नघटेका कारण बाँध बाँध्न सम्भव भएको छैन । कटान क्षेत्रमा पानीको वहाव घटाउन कटान क्षेत्र भन्दा माथी डोजर लगाएर नदिको पानीलाई अर्का तिर लगाउने काम भइरहेको छ । नदिको बहाव घटाएर कटान क्षेत्रमा बाँध निर्माणका लागि नगरपालिकाले तयारी गरेको छ । नदिले धिम्की सँगै अन्यत्र स्थानमा समेत बाँध भत्काएर कटान गरेको छ ।

कटान क्षेत्रमा पुगेर अवलोकन गर्दै त्रियुगा नगर प्रमुख वसन्त बस्नेतले नगरपालिकाको सम्पुर्ण स्रोत र साधन प्रयोग गरि नदिलाई नियन्त्रण गरेर बाँध निर्माण गरि उत्पन्न हुने सम्भावित जोखिम टार्ने बताउनु भयो । उहाँले नदिको वहाव घटाउन डोजरले नदिको पानीलाई अर्का तर्फ मोड्न खनीरहेको र पानीको वहाव घट्न साथ सम्पुर्ण सुरक्षा संयन्त्रको सहयोगमा बाँध निर्माण गरिने बताउनु भयो ।

कटान क्षेत्रको अवलोकन गर्न कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवार र त्रियुगा नगर उप प्रमुख महेश्वरी राई, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे समेत पुग्नु भएको छ । जिल्ला विपत समितीका संयोजक प्रजिअ घिमिरेले नदि नियन्त्रण गर्न नगरपालिकाले देखाएको तत्परतामा सहयोग गरि बाँध निर्माणको काम सिघ्र सक्ने बताउनु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।